२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाढीपहिरोको क्षतिको विवरण संकलन हुन सकेन

बाढीपहिरोका कारण तीनजनाको मृत्यु र दुईजना घाइते भएको मकवानपुरमा क्षतिको विवरण संकलन हुन सकेको छैन। प्रदेश ३ को अस्थायी राजधानी मकवानपुरमा केही घर पहिरोले बगाए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिमा कसैले क्षतिको विवरण बुझाएका छैनन्।

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

प्रदेश १ मा २१ काे मृत्यु

अविरल वर्षापछिको पहिरो, डुबान र बाढीमा परेर १ नम्बर प्रदेशमा शुक्रबारदेखि आइतबारसम्ममा २१ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता र नौजना घाइते भएका छन्। प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले भने प्रदेशमा १८ को मृत्यु भएको जानकारी दिएका छन्। स्थानीय प्रशासनहरुको तथ्यांकले मृतक संख्या २१ देखाएको छ।

बिपी राजमार्गमा जताततै पहिरो

लगातार पाँच दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा, सिन्धुली बर्दिबास सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ। दैनिक सयौं सवारीमा हजारौं यात्रु ओहोरदोहार गर्ने बिपी राजमार्गमा जताततै पहिरो खस्दा सवारी सञ्चालनमा असहजता भएको छ। दुई दिनदेखि नै राजमार्गको पहिरो पन्छाउन जिल्लाका सुरक्षाकर्मीसहित स्थानीय लागि परे पनि आइतबार एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

बाढी, पहिरो र डुबानले करोडौंको क्षति

निरन्तर वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। डुबानमा परी र बाढीले घर बगाएर सयौं परिवार विस्थापित भएका छन्। आइतबारसम्म रौतहटमा पाँच, पर्सा, बारा, धनुषा र महोत्तरीमा दुई÷दुई, सिरहामा एकजना गरी प्रदेश २ मा १४ जनाको मृत्यु भएको छ। रौतहट, सिरहा, धनुषा, महोत्तरी र पर्सामा एक÷एकजना गरी पाँचजना बेपत्ता भएका छन्। बाढीले जनजीवन निकै कष्टकर बनाएको छ।

बाढीपहिराे अपडेटः मृत्यु हुनेकाे संख्या ६० पुग्याे

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्।

सिन्धुलीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्याे,चार जना बेपत्ता

बाढीपहिरोमा परि सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन्।

जाजरकोटमा दुईको शव फेला, नौ जना अझै बेपत्ता

नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन्।

बाढी-पहिरो अपडेटः मृत्यु हुनेकाे संख्या ५० पुग्याे

अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्।

बाढीपहिराेले प्रदेश १ मा १६ काे ज्यान

लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शुक्रबार र शनिबार दुई दिनमा प्रदेश १ मा मात्र कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन्। शनिबार रातिसम्म सप्तरी, धनुषा, सिरहा र महोत्तरीमा भने कुनै मानवीय क्षति भएको छैन। तर खोलानदीको बहाव बढ्दै जाँदा जोखिम भने निकै बढेको छ।

जताततै कान्ले पहिरोको जोखिम

भारी वर्षाका कारण खोटाङमा दर्जनौं घर–पहिरोको जोखिममा परेका छन्। ससाना कान्ले पहिरोका कारण हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र राजापानी वडा कार्यालयमा क्षति पुगेको छ। महादेवस्थान वडा कार्यालयअगाडिको जग पहिरोले भासिएको र राजापानी वडा कार्यालयलाई माथिबाट खसेको कान्ले पहिरोले क्षति पु¥याएको मेयर इवन राईले बताए। भित्ता खस्दा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित शान्ति आधारभूत विद्यालयको प्रशासन कक्षमा क्षति पुगेको हो।

बाढीपहिरो अपडेटः देशभर ४३ जनाको मृत्यु, २४ जना बेपत्ता

शुक्रबारदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानबाट देशभर मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ। २४ जना बेपत्ता छन्।

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्