२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जसपा र लोसपा लचिलो

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।

विभाजनको ६ महिनामै जसपामा मतभेद

जसपामा बाबुराम भट्टराई पक्षधर नेताले उनलाई कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्। अहिले भट्टराई परिषद् अध्यक्ष र उपेन्द्र यादव कार्यकारिणी अध्यक्ष छन्। विधानमा दुई जना कार्यकारिणी अध्यक्षको व्यवस्था छ। पार्टी विभाजनपछि कार्यकारिणी अध्यक्षको एक पद खाली छ। यादव पक्ष भने अब पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने पक्षमा छ।

नेपाली भूमिमा भारतले सडक बनाएकाप्रति आपत्ति

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको उल्लेख गरेका छन्। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ।

नारायणहिटी–बतास प्रकरणः नेता र मन्त्रीलाई चोख्याउँदै प्रतिवेदन

पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ।

उपत्यकामा ६ वर्षमा सवारीसाधन दोब्बरः सडक पूर्वाधार पुरानै, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दोब्बरले बढेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए। अहिले उपत्यकामा सडकको कुल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ। तर यस अवधिमा उत्पत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन्।

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

नारायणहिटी दरबारभित्रकाे विषयमा मलाई अनावश्यक ढंगले मुछियो: भट्टराई

उनले बिना कसुर कसैको सार्वजनिक छविमा आँच आउने गरी समाचार र टिप्पणी नगर्न भनेका छन्। उनले यस विषयमा आफ्नो संलग्नता रहेको दावी गर्ने कोहि भए हस्ताक्षर सहितको निर्णय सार्वजनिक गर्न पनि चुनौती दिएका छन्।

एमालेलाई सजायँ दिनमात्र बाँकी छ: भट्टराई

अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क गरे। गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा हुनुहुन्छ भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहनु रहेको उनको भनाइ थियो।

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन्।

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ: सचिव भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन्।

तत्काल संविधान संशोधन गरेर अघि बढ्न हाम्राे पार्टी प्रतिवद्ध छः भट्टराई

‘फेरि पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन। अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन। सांकेतिक हुन्छ। किनभने हामी संसदबाट पनि बोलिराखेका छौं। सडकबाट पनि बोलकै छौं। र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छांैं। शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन। त्यसो गर्नका निम्ति अब हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं। त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध।’

अदालतको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आयाे: भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन्।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

न्यायपालिकाको बिवाद गिजोलियो, राजनीतिक दलहरुले समाधान खोज्नुपर्छ: भट्टराई

जनता समावजादी पार्टीका संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले न्यायपालिकाको बिबाद गिजोलिएर गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्