६ आश्विन २०८१ आइतबार
image/svg+xml

शान्ति मिशानमा खटिएको नेपाली सेनाद्वारा लेबनानमा कोभिड–१९ किट वितरण

शान्ति सेनामा लेबनानमा खपिटएको नेपाली सेनाको टोलीले आफ्नो कार्य क्षेत्रमा पर्ने बिभिन्न स्थानहरुमा कोरोना माहमारी रोकथामका लागि आवश्यक सरसामान (किट) वितरण गरेकोछ।

कोरोना भ्याक्सिन कसले लगाउने कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाउन सकिन्छ। मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ। खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन।

कोरोनाका कारण युकेमा २ र अल्जेरियामा १ नेपालीको मृत्यु

कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरियामा १ जना को संक्रमणका कारण निधन भएको हो।

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।

बेलायतबाट नेपाल आउने यात्रुको लागि सशर्त हवाई यात्रा अनुमति

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध हटेको छ।

प्रदेश १ मा कोभिडविरुद्धको खोप आयो

प्रदेश १ का लागि कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप सोमबार विराटनगर आइपुगेको छ। प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि १० डोज ९ हजार ६ सय भायल मात्रा खोप आइपुगेको छ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो चरणमा कोरोनाको खोप लगाउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्।

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण्न देखिएको छ।

कोराना परीक्षण सुस्त, नमुना संकलन नै न्यून

सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त भएको छ। नमुना संकलन गर्नमा सम्बन्धित निकायले बेवास्ता गर्दै गएकाले परीक्षण घट्दै गएको हो। १२ सय क्षमता रहेको सेती प्रादेशिक धनगढी अस्पतालको प्रयोगशालामा एक साता यता १ सय भन्दा कम नमुना मात्र परीक्षण भैरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको पुष्टि भएको छ। उनको आइतबार पीसीआर परीक्षण गरिएको थियो। मन्त्री रावलको थप उपचारका लागि काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका अस्पताल निर्देशक डम्मर खड्काले जानकारी दिए।

भक्तपुर नगरपालिकाले भन्यो : माघ १ गतेदेखि स्कुल सञ्चालन अनिवार्य होइन

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका स्कुलहरुलाई माघ १ गतेदेखि खोल्न भने पनि त्यो अनिवार्य नभएको स्पष्ट पारेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्यो बाध्यकारी नभई विद्यार्थीको हितलाई ध्यानमा राखी सहज बनाइएको मात्रै बताए।

डा. अनुप वास्तोला भन्छन् : यो लापर्बाही निकै खतरानाक हुनसक्छ

शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर अनुप वास्तोलाले कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा रहे पनि पूर्ण सुरक्षित भइनसकेको बताएका छन्।

धादिङका सात स्थानीय तहका एक सय १२ ठाउँमा हात धुने स्टेसन

न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने। हात धुने स्टेसनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ। साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ। कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन अर्थात् हातले छोइरहनु नपर्ने हात धुने स्टेसन धादिङ जिल्लाको सात वटा स्थानीय तहहरुका प्रत्येक वडा र स्वास्थ्य संस्थाहरुमा जडान गरिएको छ।

कोरोनाका कारण शिक्षकको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) बाट कर्णालीमा एकजना शिक्षकको मृत्यु भएको छ। स्याङजा आँधीखोला गाउँपालिका–५, घर भइ डोल्पामा अध्यापन गराउँदै आएका ५१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना नियन्त्रणका लागि नेपाललाई कम्बोडियाले गर्‍याे स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामाग्रीहरु सहयोग स्परूप उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्