६ आश्विन २०८१ आइतबार
image/svg+xml

२४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ।

निषेधाज्ञामा निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

बिरामी धान्न नसक्ने अवस्थामा टेकु अस्पताल, स्वास्थ्यकर्मी भन्छन्ः अब सकिन्न

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

पाल्पामा वैशाख १७ गतेदेखि २४ सम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

निषेधाज्ञा अवधि खेर नफाल्न विज्ञको सुझाव

निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की कोरोनाको दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगरेको बताउँछन्।

वीरगन्जमा दुई दिनमा ५ जना संक्रमितको मृत्यु

वीरगन्जमामा कोरोना भाइरसबाट संक्रमित ५ जनाको दुई दिनभित्र मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना पर्साका र एक जना बाराका छन्।

काठमाडौं जिल्लामा वैशाख १६ देखि एक साता अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

उपत्यकामा निषेधाज्ञा लगाउने अन्तिम तयारी

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ।

प्रदेश १ मा १ सय १६ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा ५४ जना कोरोना भाइरसको संक्रमितसँगै शुक्रबार प्रदेश भर १ सय १६ जना थपिएका छन् ।

कोरोना भाइरस: २०–२९ उमेर समूहमा सङ्क्रमण बढी

पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ। थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

भारतमा चुनावी सभामा प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ।

पशुपति क्षेत्रका सबै मन्दिर भोलिदेखि बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।

एकैदिन थपिए २ हजार ४२८ नयाँ संक्रमित, ५ जनाको मृत्यु

नेपालमा एकैदिन २ हजार ४ सय २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्