coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरस: २०–२९ उमेर समूहमा सङ्क्रमण बढी

पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ। थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। 

हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २०० पुगेको छ। त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९६५ रहेका छन्। चौध हजार ७२४ जना आईसोलेशनमा छन् भने हाल ७५ जना क्वारेन्टिनमा छन्। सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

हालसम्म दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन्। अहिलेसम्म जम्मा सङ्क्रमितमध्ये निको हुने दर ९३ दशमलव ९ प्रतिशत छ। पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन्।    

पछिल्लो २४ घण्टाको विवरणअनुसार सबैभन्दा बढी २०–२९ उमेर समूहमा सङ्क्रमण देखिएको छ। यो उमेर समूहमा ५७५, ३०–३९ मा ५५५ र ९०–१०० उमेर समूहमा दुई र नौ वर्षमुनिका ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ। पाँच सयभन्दा बढी उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन्। हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या १३ हजार ५७८, संस्थागत एक हजार १४६, आईसीयू १७३ र भेन्टिलेटरमा ५७ जना छन्। देशभर आईसीयू शय्यामा एक हजार १८० र भेन्टिेलेटरमा ५१२ जना छन्। हालसम्म कोभिड–१९ विरुद्धको खोप लिएकाहरूको सङ्ख्या १९ लाख ७८ हजार २३९ पुगेको छ।  

सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७८ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App