४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङमा थप ११ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा थप ११ जनामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। यो सहित ताप्लेजुङमा ६१ जनामा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको हो।

विदेशबाट फर्किएका ४७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङमा विदेशबाट फर्किएका ४७ जनाको कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बुधबार आरडीटी विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय ९८ जनामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए।

‘नेगेटिभ’ रिपोर्ट देखिए पनि क्वारेन्टाइनमै

जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट ‘नेगेटिभ’ देखिएका दुई जनालाई क्वारेन्टाइनमै राखिएको छ। स्वाब परीक्षणको क्रममा कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ देखिएका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरका युवालाई क्वारेन्टाइनमै राखिएको हो।

उदयपुरमा २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा उदयपुरको कटारी बेलसोतस्थित क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट आएका दुई समूहका ३ महिलासहित २६ को रिपोर्ट नेगेटिभ आएको हो।

देशैभर धमाधम र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

चीनबाट ल्याइएको किटको गुणस्तरलाई लिएर प्रश्न उठेको अवस्थामा तिनको विश्वसनीयता प्रमाणित नहुँदै धमाधम कोरोना परीक्षण अगाडि बढाइएको छ।

धनगढीबाट पाल्पा भित्रिएका ४४ को र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

पाल्पाका ४४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको तीन स्थानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) को नतिजा नेगेटिभ देखिएको हो।

कोरोना परीक्षण गति सुस्त

कोरोना संक्रमण नियन्त्रणमा राख्न विज्ञहरुले परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दोहो-याउँदै आए पनि अझै त्यसो हुन सकेको छैन। सबै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गरेर परीक्षणको काम थालिए पनि यसले अपेक्षाअनुसार गति लिन सकेको छैन। परीक्षणको गति र दायरा बढाउन निरन्तर दबाब बढ्दै गएपछि स्वास्थ्यकर्मीले केहीदिन यता किटमार्फत -यापिड टेस्टसमेत गर्न थालेका छन्।

अर्घाखाँचीमा आठ जनाको रिपोर्ट नेगेटिभ, ३० जना क्वारेन्टाइनमा

अर्घाखाँचीबाट अहिलेसम्म कोरोना भाइरस संक्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। पछिल्लो पटक अर्घाखाँची अस्पतालबाट पठाइएका दुई जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट ’नेगेटिभ’ आएसंगै अर्घाखाँचीबाट आशंका गरिएका ८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो। सबै आठ जनाकै परीक्षण रिपोर्ट आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा आइसोलेसन वार्डमा उपचाररत सबै चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ।

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा उदयपुरका थप ८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्ला अस्पतालले दुई दिनअघि परीक्षणका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको ८ जनाको खकार (स्वाब)को रिपोर्ट मंगलबार नेगेटिभ आएको जनाएको छ।

कोरोना संक्रमितसंग आएका युवकको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ वर्षीया युवतीसँग जहाजमा आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा इलाम नगरपालिका–४ का २८ वर्षे रमेश दुलालको कोरोना भाइरस (कोभिड–१९) नदेखिएको रिपोर्ट आएको हो।

कतारबाट फर्किएका एकको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पुष्टी भएको छ। फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेभेटिभ देखिएको हो।

आइसोलेसनमा राखिएका तीनसहित उदयपुरका ५ को रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ३ सहित उदयपुरका ५ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ पाइएको छ। ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकीजस्ता कोरोना लक्षण देखिएपछि एकसातादेखि आइसोलेसनमा राखेर उपचाररत दुई महिलासहित ३ जनाको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

भोजपुरका तीन युवाको कोरोना रिपोर्ट नेगेटिभ

काेरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्