४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा थप ११ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङ- ताप्लेजुङमा थप ११ जनामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडीटी) परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। यो सहित ताप्लेजुङमा ६१ जनामा आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ आएको हो।

शनिबार सिदिङ्वा गाउँपालिकाको साब्लाखु भञ्ज्याङमा ११ जनाको आरडीटी किटबाट परीक्षण गरिएको थियो। कोरोना नेगेटिभ अर्थात् कोरोना संक्रमणको कुनै लक्षण नभएको परीक्षणको रिपोर्ट आएपछि सिदिङ्वा गाउँपालिकामा रहेका २ जना क्वारेन्टाइनमुक्त भएका छन्।

चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट आएका, क्वारेन्टाइनमा रहेका र उच्च ज्वरोका कारण अस्पताल तथा स्वास्थ्य संस्थाको फिबर कक्षामा रहेकाहरुको आरडीटी परीक्षण गरिदैं आएको छ। ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार आरडीटी परीक्षण अन्र्तगत जिल्ला अस्पतालमा २५ जना, मेरिङ्देन गाउँपालिकामा १५ जना, फक्ताङ्लुङ गाउँपालिकामा ४ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ जना र सिदिङ्वा गाउँपालिकामा ११ जनाको परीक्षण गरिएको हो।

आइतबार आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकासहितका स्थानमा आरडीटी किटबाट परीक्षण गर्ने योजना रहेको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित: ६ वैशाख २०७७ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App