२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाललाई तेश्रो सफलता,पवन सरार्फले लिए विकेट

जारी खेलमा केन्याले ३ विकेट गुमाएको छ। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिएका हुन्।

नेपाललाई दोश्रो सफलता,करनले लिए अर्को विकेट

दोश्रो ओभरको पहिलो बलमै करन केसीले पहिलो विकेट लिएका हुन्। यस्तै उनले चौथो ओभरमा दोश्रो विकेट लिए।

नेपाललाई पहिलो सफलता, करनले लिए विकेट

दोश्रो ओभरको पहिलो बलमै करन केसीले विकेट लिएका हुन्। सोम्पाल कामीले पहिलो ओभरमा कुनै रन दिएनन्।

नेपालको सुखद सुरुआत

अन्तिम ओभरमा जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। आरिफले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार दुई चौका प्रहार गर्दै नेपालको सहज जित पक्का गरेका थिए।

केन्याद्वारा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो।

केन्यासँग भिड्दै नेपाल

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

‘नोभेम्बर १५ सम्ममा विश्ववरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।’

प्रभाकरको प्राथमिकता ब्याटिङ सुधार

नवनियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले क्रिकेट खेलाडीले अपनाउँदै गरेको ब्याटिङ शैली गलत भएको भन्दै आफ्नो प्रशिक्षणमा पहिलो प्राथमिकता ब्याटिङ सुधार रहेको बताएका छन्।

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईँले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’

विभाजनबाट जन्मिएका दुई ठूला प्रतिद्वन्द्वी

देश विभाजित हुँदा धेरै मुस्लिम क्रिकेटर पनि छुट्टिए। भारतीय टोलीमा नै रहेका तीन क्रिकेटरले पाकिस्तान जाने निर्णय गरे। पाकिस्तानले भने सन् १९५२ मा पहिलोपटक टेस्ट खेल्यो,त्यो पनि भारतविरुद्ध। अब्दुल हाफिजको कप्तानीमा पाकिस्तानले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेको थियो। अब्दुल तिनै तीन पूर्वभारतीय क्रिकेटरमध्ये एक थिए।

क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकर मासिक १५ हजार डलरमा आउँदै, ‘कमजोर ब्याटिङ’ पहिलो चुनौती

‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उहाँ जानुभयो। रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ। उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाई पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानीस्तानलाई टेस्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा

नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्ने तालिका रहेको छ।

प्रभाकर नेपाली क्रिकेट टोलीका प्रशिक्षक

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान तथा बलर मनोज प्रभाकर सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

जनताका लगानी गुम्ने चिन्ता

जनस्तरबाट रकम उठ्ने सम्भावना कम भएको र सरकारले आवश्यकताअनुसार रकम उपलब्ध नगराएका कारण फाउन्डेसन आर्थिक संकट परेको थियो। रंगशाला बनाउन साढे तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्