केन्यासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो। बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। नेपालले केन्यासँग ५ टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्नेछन्।
प्रकाशित: १० भाद्र २०७९ ०९:५७ शुक्रबार