८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

केन्यासँग भिड्दै नेपाल

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी–२० खेल खेल्दैछ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको आतिथ्यता गर्न लागेको हो। खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट सुरु हुनेछ। विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।

साथै युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने पहिलो भ्रमणमा निस्किएका प्रशिक्षक मनोज प्रभाकारको पनि अग्नि परीक्षाको रुपमा हेरिएको छ। पाँच खेलको टी–ट्वान्टी सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद् सुरुवातको योजनामा हुनेछ।

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ। तर, केन्या पनि नेपाललाई हराएर सुखद् शुरुवातको योजनामा रहेको छ।

केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए। पाँच खेलको सिरिज अन्तर्गत दोस्रो ट्वान्टी–२० भदौ १० गते, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ गते र पाँचौ तथा अन्तिम ट्वान्टी–२० भदौ १४ गते हुने तालिका रहेको छ। ट्वान्टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।

प्रकाशित: ९ भाद्र २०७९ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App