२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको सुखद सुरुआत

बिहीबार नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ५ विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेखले अविजित २४ रन जोडे।

त्यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि २३ रनको योगदान गरे। तर ४ रन जोड्दा ओपनर पवन सर्राफलाई गुमाएपछि नेपालको सुरुआत गतिलो हुन सकेन। दोस्रो विकेटका लागि अर्का ओपनर आसिफ शेख र ज्ञानेन्द्रले ४५ रनको साझेदारी सहित नेपालको इनिङ सम्हाल्ने संकेत गरेका थिए। आसिफले २७ बलमा ३ चौकाको मद्दतमा १९ रनको योगदान गरे।

ज्ञानेन्द्रले त्यसपछि ब्याटिङका लागि आएका रोहित पौडेलसँग २१ रनको साझेदारी गरेका थिए। यसै शृंखला मार्फत राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका ज्ञानेन्द्रले ३० बलमा ३ चौका प्रहार गरे। रोहितले भने १४ बलमा १ चौकाको मद्दतमा १३ रन जोडे। पाँचौं विकेटका लागि दीपेन्द्र र आरिफले ३४ रनको साझेदारीसहित नेपाललाई सहज जिततर्फ डोर्‍याएका थिए। दीपेन्द्रले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे। आरिफले भने १५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

अन्तिम ओभरमा जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। आरिफले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार दुई चौका प्रहार गर्दै नेपालको सहज जित पक्का गरेका थिए।

अन्तिम ओभरमा जितका लागि नेपाललाई ६ रन आवश्यक थियो। आरिफले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार दुई चौका प्रहार गर्दै नेपालको सहज जित पक्का गरेका थिए।

केन्याका लुकास ओलुच र भिराज पटेलले समान २ तथा निहिमेहा ओडियाम्बोले १ विकेट लिए। यस जितसँगै नेपालले पाँच ट्वान्टी २० खेलको शृंखलामा १-० को अग्रता लिएको छ। नेपाल पाँच ट्वान्टी २० शृंखला र तीन एकदिवसीय शृंखलाका लागि हाल केन्या भ्रमणमा छ। नेपालले शृंखलाको दोस्रो खेल शुक्रबार खेल्नेछ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो। केन्याका इरफान करिमले ३४ र लुकासले ३१ रन जोडे। नेपालका सोमपाल कामीले ३, कप्तान सन्दीप लामिछानेले २ तथा दीपेन्द्र र आदिल अन्सारीले समान १ विकेट लिए। 

प्रकाशित: १० भाद्र २०७९ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App