२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

केन्याद्वारा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत

टी-२० क्रिकेटमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ।      

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनायो।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए। यस्तै लुकास ओलुओचले अविजित ३० रन जोडे भने नेल्सन ओढीयाम्बोले १९ रन र सचिन भुडियाले १७ बनाए। कोलिन्स ओबुया १२ रन,राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए। कप्तान शेम एन्गोचे शून्य रनमा आउट भए।

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

प्रकाशित: ९ भाद्र २०७९ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App