१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

गत वर्षभन्दा दोब्बर धानको बीउ बिक्री

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ।

लकडाउन छिचोल्दै मलबीउ जोहो

बजारको कृषि सहकारीमा मल र धानको बीउ आएको खबर पाउनेबित्तिकै गौरीगंगा–७, मट्कौनाका किसान रणबहादुर बम आत्तिए।

खडेरी पीडित किसानलाई मकैको बीउ वितरण गर्दै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरणको तयारी गरेको छ । २०७६ सालको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवा पनि मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई नगरपालिकाले मकैको बीउ वितरणको तयारी गरेको हो । खडेरीका कारण मकैको बीउविहीन बन्न पुगेका किसानलाई प्रतिघर ४ केजीका दरले मकैको बीउ उपलव्ध गराउने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

समस्यामा किसान

सरकारले सूचीकृत गरेको गरिमा जात (वर्णशंकर) को धानबाट राम्रो उत्पादन हुन्छ। रोपेको ९० देखि ९५ दिनमा बाला लाग्ने र १२० देखि १२५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रतिहेक्टरमा ५८ देखि ६३ क्विन्टलसम्म उत्पादन हुन्छ। तर, यस वर्ष गरिमाका नाममा नक्कली बीउ किसानलाई दिँदा फल लागेन। कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले यही नक्कली बीउ रोप्दा यस वर्ष धोका खानुप¥यो।

गाउँमै पुग्यो अनुदानको गहुँको बीउ

कृषि ज्ञान केन्द्रले यस पटक समयमै जिल्लाका नौवटै स्थानीय तहमा २६ क्विन्टल प्रजनन बीउ र ४० क्विन्टल उन्नत बीउ पठाएको छ। किसानले गहुँ छर्न शुरु नगर्दै ज्ञान केन्द्रले स्थानीय तहमार्फत किसानको दैलोमै उन्नत जातको बीउ पठाएको हो।

कृषिमा परामर्श सेवाका नाममा ब्रह्मलुट

सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कृषि आयोजनालाई दिएको अर्बौं रुपैयाँ बजेट परामर्श सेवाका नाममा दुरुपयोग भएको देखिएको छ।कृषि क्षेत्रको अनुसन्धान गर्न, कृषकको आयस्तर बढाउन, उन्नत बीउविजन कार्यक्रम लागू गर्न, खाद्य सुरक्षा कार्यक्रम बनाउन, जलवायुलगायत धेरै आयोजनाका लागि सरकारले दिएको बजेट परामर्श सेवाका नाममा दुरुपयोग भएको हो।

ताप्लेजुङमा रासायनिक मलको चरम अभाव

किसानलाई मल तथा बीउबिजनमा अधिकतम सहयोग गरेर कृषिक्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारी लक्ष्य रहेको वर्ष नै ताप्लेजुङका किसानले रासायनिक मलको चरम अभाव खेपेका छन्।

हाइब्रिड मकैको बीउमा आयातकर्ताको मनलाग्दी

प्रभावकारी अनुगमन नहुँदा बीउ व्यवसायीले एकै उत्पादक कम्पनीको हाइब्रिड मकै बीउलाई फरक–फरक प्याकिङमा राखेर महँगो मूल्यमा बेच्न थालेका छन्। व्यवसायीले भारत, बैंग्लोरको चारोइन पोख्पण्ड (सिपी) सिड्स इन्डिया प्रालिबाट उत्पादित सिपी–८०८ जातको हाइब्रिड मकैको बीउमा यस्तो बदमासी गरेका हुन्।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

तरकारी बेचेर एचए र अनमी पढाई

तरकारी व्यवसायबाट थोरै लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि आफू यो पेसामा सक्रिय भएर लागेको उनको भनाइ छ। पहिले काउलीको बीउसमेत उत्पादन गर्ने गरेको भए पनि तीन वर्षदेखि भने बिरभानले ताजा तरकारी मात्र उत्पादन गर्ने गरेको बताए। अहिले उनको घर नजिकैको खेतबारीमा हरियो तरकारी प्रसस्त मात्रामा रहेको छ।

किसानले गहुँको बीउ पाएनन्

सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो चार–पाँच दिनदेखि गहुँको बीउका लागि स्थानीय सहकारी संस्थादेखि लिएर राजविराजस्थित कृषि ज्ञान केन्द्र कार्यालयसम्म धाइरहे पनि बीउ पाउन सकेका छैनन्।

मध्य भदौमा चोकबजारमै रोपाइँ (फोटो फिचर)

हल गोरु अघि–अघि, पछि–पछि बाहुसे। रोपाहारको लर्काे उसैगरी लागेको छ। सबै रोपाहारले हात–हातमा धानको बीउ बोकेका छन्। रोपाहारलाई बीउ पुर्याउन अर्का पुरुष डोकामा धानको बीउ बोकेर हिँड्दैछन्। कोही दमाहा र ट्याम्को बजाएर बेठी लगाउँदैछन्।

धानको बीउमा किसानलाई अलमल

गहुँ र ‘रबिहन’ (दाल र तेल हुने बाली)को कटाई सकेर खेत खाली भइसकेका छन् । वैशाख र जेठको घामले सुकेर साह्रो भएको जोतेको माटो यही साता परेको पानीले नरम भएको छ। उही बेला अब धानको बीउ कुन हाल्ने होला भनेर किसान अलमलमा परेका छन्। किसानले अहिले खेतमा लगाउन रोजिरहेका धानको बीउमध्ये ७५ प्रतिशत जति नेपाल सरकारको कृषि मन्त्रालयले सिफारिस नगरेका जातको बीउ हुने गरेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्