१६ आश्विन २०८१ बुधबार
image/svg+xml

धुलिखेलमा पर्यटन सूचना केन्द्र

उपत्यकासँगैको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन एवं पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन धुलिखेलमा पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

विदा पर्यटन कार्यक्रम सञ्चालनमा अलमल

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको विदा पर्यटन कार्यक्रम यो वर्ष पनि अन्योलमा देखिएको छ ।

मोरङ १ का उम्मेदवारको कार्यसूची : पर्यटन विकास

मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ। पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन्। जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो। सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पर्यटनमन्त्री देवलाई  आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकारणका महानिर्देशकलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जीतेन्द्रनारायण देवलाई २४ घण्टा भित्र आयोगमा उपस्थित भई स्पष्टीकरण दिन आदेश दिएको छ।

पर्यटनमन्त्री र सहसचिवबीच विवाद

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका विषयलाई लिएर पर्यटन मन्त्री जितेन्द्रनारायण देव र मन्त्रालयका सहसचिव सुरेश आचार्यबीच विवाद उत्पन्न भएको छ । मन्त्रालयका सचिव महेश्वर न्यौपाने चीन भ्रमणमा गएका बेला निमित्त सचिवको कार्यभार पाएका आचार्यले मन्त्री देवको निर्देशनमा गौतमलाई स्पष्टीकरण सोधेका थिए ।

पाल्पा-पर्यटन

आजभन्दा ४० वर्ष अगाडि नै पाल्पाको विकासका लागि शिक्षा, स्वास्थ्य र पर्यटनलाई अगाडि बढाउनुपर्छ भनेर त्यस बेलाका अग्रज स्वर्गीय भुयुमान लिगल, गणेशमान महर्जनलगायतले भन्ने गर्थे । अहिलेको अवस्थामा हेर्दा, शिक्षाको क्षेत्रमा तत्कालिन समयदेखि नै पहाडी जिल्लामा सबैभन्दा बढी साक्षरता भएको जिल्लामा पथ्र्या ।

कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री

सान होसेले चार वर्षमा १७ प्रतिशतभन्दा कम काम गरेको छ । काम नगर्ने र गराउन नसक्ने भएपछि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) समेतको सहमतिमा प्राधिकरण सञ्चालक समितिले उसलाई हटाएको हो ।

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

पर्यटन सरोकारवाला संस्थाबीच सामूहिक प्रतिबद्धता भए मात्रै नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ बाटो तय हुने सरोकारवालाहरूले बताएका छन् । पर्यटन सम्बध संस्थाबीच टाढाभन्दा पनि साझा मुद्दामा ऐक्यवद्धता सहितको प्रतिबद्धता हुनु पर्ने उनीहरूको भनाइ छ ।

‘पर्यटनबाट अपेक्षित लाभ लिन सकिएन’

पर्यटन विकास र प्रवर्द्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिए पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको गुनासो पर्यटन क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरूको छ । भूकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको विश्लेषण उनीहरुको छ ।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

नेपालले पर्यटन र हाइड्रोमा ठूलो लगानी खोजेको छ : महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वृद्धिका लागि यतिखेर नेपालले पर्यटन र जलविद्युत् क्षेत्रमा ठूलो लगानी खोजेको बताएका छन्। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा काठमाडौंमा संयुक्त रूपमा आयोजित नेपाल–चीन १४औं गैरसरकारी सहयोग मञ्चको बैठकमा बोल्दै महराले उक्त कुरा बताएका हुन्।

टोकियोमा पर्यटन प्रवर्द्धन

टोकियो विश्वविद्यालयले हरेक वर्ष मे महिनामा महिनामा आयोजना गर्ने 'गोगाचुसाई मेँ फेस्तामा नेपालको पर्यटन क्षेत्रबारे जानकारी गराइएको छ। विश्वविद्यालयमा अध्यनरत विद्यार्थीको सहयोगमा नेपाल पर्यटन बोर्डले स्टल राखेरै नेपाल घुम्न आह्वान गरेको हो।

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्ययोजना तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे बनाउन थालेका हुन् ।

कृषि-पर्यटनका अभियन्ता

देशभरका किसानलाई पछि पार्दै कैलाली, टीकापुरका कालु हमाल २०७१ को 'राष्ट्रपति सर्वोत्कृष्ठ कृषक पुरस्कार'बाट सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्