१६ आश्विन २०८१ बुधबार
image/svg+xml

गाउँमा पर्यटन प्रवर्द्धन गर्न विदेशबाट पहल

लमजुङको राइनास क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाउँको प्रवद्र्धन गर्न सोही ठाउँबाट बिदेसिएका दुई युवाले पहल थालेका छन् । रा

चौंरी : पर्यटनको नयाँ ‘प्रोडक्ट’

मेची पहाडको पर्यटन विकासका लागि विभिन्न सम्भावना खोजी भइरहेका बेला पाँचथरको फालेलुङ गाउँपालिकास्थित चाररातेमा आयोजित चौंरी महोत्सवले नयाँ ‘प्रोडक्ट’ थपेको छ । लोपोन्मुख हुन लागेको चौंरीपालन व्यवसायलाई पर्यटनसँग जोडेर दीर्घकालिन बनाउने प्रयासमा सम्भवतः नेपालमै पहिलो पटक चौंरी महोत्सव आयोजना गरिएको हो ।

धादिङमा कृषि पर्यटन प्रविधि प्रदर्शनी मेला हुँदै

धादिङको त्रिशुली नदिमा कृषि, पर्यटन प्रविधि प्रदर्शनी मेला हुने भएको छ। जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको हो।

'नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग'

नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।

पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मिडियासँग सम्झौता

नेपाल पर्यटन बोर्डले विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिबिसी, रोयटर्स र ट्रिप एडभाइजरसँग सोमबार सम्झौता गरेको छ। सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका विशाल भट्टनागर, ट्रिप एडभाइजरका भरतनाथ पाल र रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन वादरीले हस्ताक्षर गरेका छन्।

सिचुआन प्रान्तका पर्यटन व्यवसायी पोखरामा

नेपाल र चीनबीचको पर्यटनमा साझेदारी र विकास गर्ने उद्देश्यका साथ चीनको सिचुआन प्रान्तमा क्रियाशील पर्यटनसम्बद्ध संस्था र व्यवसायी पोखरामा आएका छन् ।

पर्यटनमन्त्रीलाई निमोनिया

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरी अस्वस्थ भएका छन्। निमोनिया भएपछि उनलाई मंगलबार साँझ चावहिलस्थित ओम अस्तपालमा भर्ना गरिएको छ।

अन्नपूर्ण क्षेत्रको पर्यटनमा उल्लेख्य सुधार

भूकम्प र नाकाबन्दीले खस्किएको पदयात्रापर्यटनमा अपेक्षाभन्दा बढी नै सुधार देखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्रकाविभिन्नगन्तव्यको पदयात्रामाजाने विदेशीपर्यटकको आगमनमाउल्लेख्य सुधार भएको एक्यापले जनाएको छ। त्यसको सकारात्मकप्रभावपर्यटन क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ।

पर्यटन प्रवर्द्धन गर्न शिक्षामन्त्रीदेखि पर्यटन बोर्ड अधिकारी वेलायतमा

अंग्रेजी भाषामा लिखित मन्तव्य पढ्न निकै असज रुपमा प्रस्तुत भएका उनले नेपाल सरकार पर्यटन प्रबर्द्धन गर्न गम्भीर रहेको भन्दै समुदायमा आधारित पर्यटन र होम स्टेलाई सरकारले बढावा दिइरहेको बताए।

नेपालमा पर्यटन भित्र्याउन वेलायतमा छलफल

युरोपेलीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न तथा भिजिट नेपाल युरोप २०१७ सफल पार्न वेलायतस्थित पर्यटन व्यवसायी तथा समाजसेवीले अपील गरेका छन्।

गिरी स्पेनकालागि पर्यटन दूत नियुक्त

नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो।

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत पुष ९ र १० गते धरानको छाता चोकमा धरानमा इलाम कार्यक्रम गर्न लागेको जनाएको छ।

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

ट्रेकिङ व्यवसायीहरूले पर्यटन संघसंस्थामा पछिल्लो पटक राजनीतिकरण झन् तीव्र गतिले अगाडि बढेको बताएका छन्। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना कार्यक्रम मूल्यांकन तथा नयाँ कार्यक्रम तर्जुमा गर्न सदस्यसँग कम्पनीको उपस्थितिमा मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले राजनीतिकरणबाट पर्यटन क्षेत्र थप पछाडि धकेलिएको बताएका हुन्।

सहरी विकासमन्त्री र पर्यटनमन्त्रीको सम्पत्ति कति ?

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

आर्थिक विकासमा सांस्कृतिक पर्यटन

भनिन्छ, नेपालको अर्थव्यवस्था यी तीन कुरा १) पर्यटन, २) जलस्रोत र ३) जनशक्ति अर्थात म्यान पावरमा अडेको छ। हिजोआज हाम्रो देशको पर्यटन उद्योगमा सांस्कृतिक पर्यटन र प्राकृतिक पर्यटनबाहेक अरु धेरै आयाम थपिइसकेका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्