काइतेन र बेसारको रङ
टोटोला फूल (को को म्हेन्दो) लाई माध्यमका रूपमा प्रस्तुति गर्नु उनको अर्को तरिका हो। यसबाहेक भिजुअल डकुमेन्ट्री समेतको प्रयोगलाई उनले प्रस्तुत गरेका छन्। जसलाई ठूलो पर्दामा काइतेनको सन्दर्भलाई सुन्न, हेर्न र बुझ्न सकिन्छ।
टोटोला फूल (को को म्हेन्दो) लाई माध्यमका रूपमा प्रस्तुति गर्नु उनको अर्को तरिका हो। यसबाहेक भिजुअल डकुमेन्ट्री समेतको प्रयोगलाई उनले प्रस्तुत गरेका छन्। जसलाई ठूलो पर्दामा काइतेनको सन्दर्भलाई सुन्न, हेर्न र बुझ्न सकिन्छ।
श्रीमतीको कुरा सुनेर ऊ थचक्क भुइँमा बस्यो र खुइय्य सुस्केरा हालेर भन्यो, “हे दैव! कस्तो समय आयो नि? छोराछोरीको डिमाण्ड (माग) पूरा गर्दागर्दै यो बुढो हड्डी मक्किने भयो।”
आजभोलि लाग्छ किन सारा संसार बिरानो,शायद बल्झेछ कि फेरि घाउ कुनै पुरानो। मोह छैन, चाह छैन मरेछन् कि रहरहरू, शून्य लाग्छ छामी हेर्दा मनका गाउँ–शहरहरू।
कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरूले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरू फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउनै नमिल्ने गरी।
पैतालिस वर्षदेखि बालसाहित्यमा कलम चलाउँदै आएकी लेखिका गङ्गा कर्माचार्य पौडेलको बालकथा संग्रह ‘कमिलाका कुरा र काउकुती लाउने भूत’ प्रकाशित भएको छ।
म नरहन सक्छु तिमी गएपछि, लैजाऊ तिम्रै साथमा जसरी पनि। मनले चाहेको मान्छे हौ तिमी मेरो, आइपुग्नु अन्तिम सासमा जसरी पनि।
नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्रकथाको परिचर्चा सम्पन्न भएको छ।
वर्षौं विदेश बसेर आफ्नो भूमि टेक्न पाउँदा खुसी भएका कैयौँ नेपाली त्रिभुवन विमानस्थलको अव्यवस्थित वातावरण र कार्य प्रणाली देखेर रोष प्रकट गर्दै थिए। काठमाडौं विमान स्थलमा उत्रिएर लगेज समाउँदा दुवै लगेजको एक पाखो पूरै च्यातिएको रहेछ।
मालसिरी धुन मल्लकालमा विकसित भएको देखिन्छ। काठमाडौं खाल्डोलाई केन्द्र बनाएर हेर्दा कला, साहित्य र संस्कृतिको विकासमा मल्लकाल महत्वपूर्ण मानिन्छ। जयस्थिति मल्लले राजाको मृत्युमा दीपक राग र प्रजाको मृत्युमा ३६ जातमध्ये कतिलाई काहाल बाजा बजाई जलाउने रीत चलाएका थिए।
मुसहर लोकसंस्कृतिकी ज्ञाता मुना चौधरीले सांस्कृतिक परिवेशमा उनीहरूको यथातथ्य वर्णन गर्न पुगेकी छन्। आञ्चलिक पृष्ठभूमिमा लिखित यस उपन्यासमा मुसहर जातिको संस्कृतिलाई जीवन्तता दिने कोसिस प्रशंसनीय छ।
देवी शक्तिको रूपमा होस् या नारी शक्तिको रूपमा या मातृशक्ति, सृष्टिकी जननीका रूपमा नारी सधैं अग्रस्थानमा छन्। तैपनि हामीले नारीलाई सधैं त्यो दर्जा, त्यो सम्मान दिन सकेका छैनौं।
धर्मसँग समुदायको गहिरो सम्बन्ध स्थापित गर्न भौतिक रूपमा देख्न सकिने अनेक आकर्षक देवी–देवताका रूपलाई कलाकारले निर्माण गरे। विधि, रस, आसन आयुधले सुसज्जित यस्ता देवदेवी सबैजसो युवा रूपमा बनाएको देखिन्छ। कलाकारले शारीरिक अनुपात मिलाई लचकता, कामुकता, सौन्दर्यता अति आकर्षक ढंगले अवलम्बन गर्दा यस्ता (विशेषतः नारीका) मूर्तिले भक्तको भक्ति अझ प्रबल भएर अगाडि बढेको देखिन्छ। नेपालमा वयोवृद्ध देवीहरू बनाएको देखिँदैन।
साहित्यका क्षेत्रमा भनिन्छ कि स्वैरकल्पनामा कृति सिर्जना गर्न थप शिल्पको आवश्यकता पर्दछ। स्वैरकल्पना भन्नाले मानवइतर पात्रको व्यवस्थापन गरेर तिनका बोलीबाट विषयप्रयोजन प्रस्फुटन गर्नु भन्ने बुझिन्छ। यो चुनौतीलाई पनि यो लघुकथासंग्र्रहले स्वीकारेको छ। फलस्वरूप केही लघुकथा स्वैरकल्पनामा पनि लेखिएका छन्। यो विशेषता स्तुत्य छ।
पुरस्कार जालिम छ। यसले चोरलाई साधु अनि साधुलाई चोर बनाउँछ। सबै पुरस्कार हत्याउने दाउमा हुन्छन्। यसैले पुरस्कार भन्ने कुरो नै नेपोटिज्म, ग्रुपिज्मको दलदलमा जाँकिएको देखिन्छ।