७ वैशाख २०८१ शुक्रबार
कला

आउँछ घाम प्रभातमा

गजल

निर्मला स्नेही

 

आउँछ घाम प्रभातमा जसरी पनि,

बोकेर उज्यालो हातमा जसरी पनि।

 

खडेरीमा ओइलाउने फूलहरू पनि,

मुस्कुराउँछन् वर्षातमा जसरी पनि।

 

म नरहन सक्छु तिमी गएपछि,

लैजाऊ तिम्रै साथमा जसरी पनि।

 

मनले चाहेको मान्छे हौ तिमी मेरो,

आइपुग्नु अन्तिम सासमा जसरी पनि।

प्रकाशित: १ कार्तिक २०७८ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App