coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लाकोजूको मकरको कथा र स्टोरी अफ मकरको परिचर्चा

नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्रकथाको परिचर्चा सम्पन्न भएको छ। बालकथा पनौतीमा १२ वर्षको एकपटक लाग्ने मकर मेलाको आख्यानमा आधारित छ।

अंग्रेजी र नेपाली भाषामा प्रकाशित सो पुस्तकको अन्तरक्रिया वरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यमा भएको छ। वरिष्ठ साहित्यकार मोहन दुवालले सो कार्यक्रममा अक्षरको खेती भनेको चेतनाको कर्म भएको बताए। एक प्रसंगमा उनले साहित्यकार सूर्य लाकोजू काभ्रे जिल्लाबाट साहित्यिक पत्रकारिता गर्दै साहित्य सिर्जना गर्दै राष्ट्रमा पुगेको र नामजस्तै सूर्य भएर चम्किएको बताए।

सो दुई बालपुस्तकका बारेमा  साहित्यकार गिता रेग्मी र कवि रामसुन्दर देउजाले टिप्पणी गरेका थिए। आकर्षक रंगीन चित्रकथाले सजिएको पुस्तकमा प्रकाश रंजितका चित्र छन्।

नेपाली साहित्यका कविता, निबन्ध, हाइकु, नियात्रा, कथा र अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला, पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्र वर्षे मकरमेला, स्मृतिका आलेखहरू प्रेरणाको चौतारी, गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरू, घामको चुम्बन, अक्षरका स्वरहरू, सुसेली, यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्बन गरी दुई दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन्।

प्रकाशित: २३ आश्विन २०७८ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App