१९ असार २०८१ बुधबार
image/svg+xml

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

न्यूनतम सतर्कता नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम

न्यूनतम सतर्कता समेत नअपनाउदा सिन्धुलीमा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि सिन्धुलीमा न्यूनतम सतर्कता समेत अपनाइएको छैन ।

थप संक्रमण हुन नदिन वीरगन्जमा उच्च सतर्कता

लकडाउन पालना गर्दै आएका वीरगन्जवासी बुधबारसम्म निश्चित अवधि पसल खोल्ने, अत्यावश्यक काममा आवतजावत गर्दा सावधानी अपनाए सुरक्षाकर्मीबाट कुनै अवरोध नहुनेमा अभ्यस्त हुन थालेका थिए।

बाँकेमा कोरोना संक्रमित बढ्दा दाङमा उच्च सतर्कता

बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले पनि उच्च सतर्कता अपनाएको छ ।

कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार

प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ।

पर्याप्त सुरक्षा सतर्कता अपनाएर दुई सय आयोजनाको काम सुरु

लकडाउनकै बीचमा सडक विभाग मातहतका करिव दुई सय भन्दा धेरै आयोजनाको काम थालेका छन् । कोरोना भाइरसको कारणले ठप्प भएका आयोजनालाई लक्षित गरेर सामाजिक दुरी कायम गरेर काम सुरु गरिएको हो ।

उच्च सतर्कतासहित जिल्लामा आउजाउ गर्न पूर्ण बन्देज

दयपुरमा थप ९ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसहित यहाँ संक्रमितको संख्या २२ पुगेको छ । ११ भारतीयसहित १३ जना संक्रमित भेटिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपासका ६९ स्थानीयको गत शनिबार संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।

सिल गरिएको भुल्केमा ६ सय जनाको स्वास्थ्य परीक्षण गरिदै

सदरमुकाम नजिकै मस्जिदमा बसेका भारतीय धर्म प्रचारकमा कोरोना संक्रमण पुष्टि भएसँगै उदयपुरमा उच्च सतर्कता अपनाइएको छ। १२ भारतीयमध्ये ११ र उनीहरुसँगै रहेका मोरङका एक जनामा कोरोना पोजेटिभ देखिएपछि त्रसित जिल्लाबासीलाई थप संक्रमणबाट रोक्न प्रशासनले उच्च सतर्कता अपनाएको हो।

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

उच्च जोखिम, न्यून सतर्कता

सामान्य कपडाको मास्क लगाएका स्वास्थ्यकर्मीसँग पन्जा र सेनिटाइजरको व्यवस्थासमेत नरहेकाले उनीहरुले खुला हातले नै स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा एकजनाले मात्रै स्वास्थ्य जाँच गरिरहेकाले भारतबाट नेपालतर्फ फर्किरहेका कतिपय व्यक्ति निर्बाध रुपमै नेपाल प्रवेश गरिरहेका छन्।

कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता

सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने र त्यही अनुरुपमा जनशक्ति परिचालन गरी जनचेतना बढाउने निर्णय गरेको छ।

कतारमा कोभिड–१९ः सतर्कता अपनाउन आग्रह

दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। दूतावासले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अवलम्बन गर्नुपर्ने उपाय अपनाउन आग्रह गरेको हो। कतारमा करीब चार लाख नेपाली विभिन्न पेशा व्यवसायमा संलग्न छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्