२१ असार २०८१ शुक्रबार
image/svg+xml

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो।

कोरोना भाइरसबारे पर्यटनमन्त्री भट्टराईले भने : पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

समयमा निर्माण नभएका २५ आयोजनामा सतर्कताले अनुसन्धान गर्ने

विशेषज्ञ तथा प्राविधिक टोलीले परीक्षण गर्ने २५ ठूला आयोजनामा राष्ट्रिय गौरवका २२ मध्ये १७ आयोजना रहेका छन् भने राष्ट्रिय महत्वका आठ छन्।

श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ।

पर्वतमा उच्च सतर्कता

कास्की पोखरामा डेंगी संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि छिमेकी जिल्ला पर्वतमा पनि उच्च सतर्कता अपनाइएको छ। पर्वतमा डेंगीको लक्षण देखिएमा यो रोग सार्ने लामखट्टे नियन्त्रणमा लिने र तत्काल बिरामीको उपचार गर्ने कार्ययोजना बनाइएको छ। प्रवद्र्धनात्मक र उपचारात्मक कार्य गरी डेंगी फैलिन नदिने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

डेंगुबाट बच्न धादिङमा सतर्कता अभियान

डेंगु लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिनेलगायत लक्षण देखिन्छन् ।

प्रोत्साहन भत्ता आउने कार्यालय

सरकारले अर्थ मन्त्रालयअन्तर्गत राजस्व, कर, अध्यागमन, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, लोकसेवा आयोग, निजामती किताबखाना, गृहमन्त्रालय, सतर्कता केन्द्रलगायतकन १३ वटा कार्यालय प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।

सीमा क्षेत्रमा उच्च सतर्कता

भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ।

एक हजार पाँच सय कर्मचारी कारवाही सिफारिसमा

राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

बर्ड फ्लू भित्रन नदिन उच्च सतर्कता

हेटौंडा, काठमाडौं र कास्कीका पोल्ट्री फार्महरुमा बर्ड फ्लू अर्थात हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एचपिआइएको संक्रमण देखा परेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ। जिल्लास्तरीय बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को बैठकले सो निर्णय गरेको हो।

सुरक्षा सतर्कताका लागि कुकुर परिचालन

रौतहट प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै तालिम प्राप्त कुुकुर परिचालन गरेको छ। नेपाल भारत सीमाको गौर भन्सार क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले दुइटा तालिम प्राप्त कुुकुर परिचालन गरेको छ।

राजधानीमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइएकाे छ। बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो। बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए।

साझा सहकारीका पाँच कर्मचारी निलम्बित

साझा स्वास्थ्य सहकारीमा भएको आर्थिक अनियमिता सार्वजनिक भएपछि व्यवस्थापन पक्षले अनियमतामा संलग्न पाँच कर्मचारीलाई निलम्बन गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनका आधारमाउनीहरूलाई निलम्बन गरिएको हो। निलम्बनमा पर्ने कर्मचारीहरूमा नीरप्रासद काफ्ले, बाबुराम भण्डारी, आशुतोष अधिकारी, गजेन्द्र कार्की र कृष्ण शिवाकोटी छन्।

त्रिविमा बेथिति

त्रिभुवन विश्वविद्यालयमा चरम आर्थिक अनियमितता र बेथिति भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले त्रिविमा बेथिति भएको खुलासा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्