२५ असार २०८१ मंगलबार
image/svg+xml

सतर्कताको प्रतिवेदनमा सत्यता नभएको दाबी

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट गरिएको लगानी दुरुपयोग र अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनमा सत्यता नभएको जनाएको छ।

देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ।

पश्चिममा वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण देशका पश्चिमी तथा सुदूरपश्चिमी क्षेत्रमा हल्कादेखि मध्यसम्म वर्षा हुने भएकाले बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

बर्ड फ्लु भित्रन नदिन काभ्रेमा उच्च सतर्कता

चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

हुलाक सेवा विभागको ५० लाख रुपैयाँको टेन्डर आफूलाई पार्न गुन्डा प्रयोग गरी अन्य प्रतिस्पर्धीलाई टेन्डर दर्तामा अवरोध पु¥याएको र कुटपिट गरेको भन्दै छानबिन माग राखेर कृष्ण कर्पोरेसन प्रालिविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दर्ता भएको छ ।

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा २ का उम्मेदवार माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल र प्रदेशसभा २ (१) का उम्मेदवार माकेकै नारायण बुर्जामगरको कार्यक्रमस्थल आसपास विष्फोट भएपछि त्यसभेग र समग्र जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो ।

सुरक्षा सतर्कता अपनाऊ : आयोग

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमणका घटना भएपछि निर्वाचन आयोगले सरकारलाई थप सुरक्षा सतर्कता अपनाउन भनेको छ । उम्मेदवारमाथि बम आक्रमणका घटनाबाट स्तब्ध भएको आयोगले जनाएको छ ।

सुरक्षा सतर्कता उच्च, कारबाही फितलो

आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा गोरखामा सुरक्षा चुनौती बढेको छ। एक पछि अर्को गरी हातहतियार भेटिन थालेपछि सर्वसाधारण त्रसित छन्। शीर्ष नेताबीचको प्रतिस्प्रर्धाले सुरक्षार्थ खटिएका प्रशासकलाई कानुनी कारबाही गर्न जटिल बनेको छ।

सीमामा भारतीय सुरक्षा सतर्कता

नेपालमा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा सीमापारि भारतीय सुरक्षा एजेन्सीले सुरक्षा सतर्कता बढाएका छन् । भारतीय सुरक्षाकर्मीले हरेक सवारीसाधनको सघन चेकजाँचसँगै सीमावर्ती क्षेत्रमा गस्ती र निगरानी बढाएका छन् ।

स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य निकायमा कार्यरत कर्मचारीलाई लामो बिदा बस्न र काजमा स्वास्थ्य संस्था छाड्न रोक लगाएको छ।

सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता

सुनसरी जिल्लास्थित सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्याक्सीलास्थित अरुण नदीमा पहिरो झरेर नदी थुनिएर २ दशमलव ५ किलोमिटरको ताल बनेका कारण सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ। मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्