२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा विष्फोटपछि सुरक्षा सतर्कता बढाइयो

उदयपुर– चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा २ का उम्मेदवार माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल र प्रदेशसभा २ (१) का उम्मेदवार माकेकै नारायण बुर्जामगरको कार्यक्रमस्थल आसपास विष्फोट भएपछि त्यसभेग र समग्र जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो ।
उदयपुरगढी गाउँपालिका ७ को नेपालटारमा आयोजित गठबन्धनको कार्यक्रम सकेर उम्मेदवारसहितको प्रचार टोली अर्को कार्यक्रमस्थल भलायडाँडाको नरेटार जाने क्रममा स्थानीय पौवा खोलामा विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभए पनि सुरक्षा खतरा बढेको ठहर गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिनिधिसभा २ का उम्मेदवार हिमालले आफूसहितको प्रचार टोली अर्को कार्यक्रमस्थल नरेटार जाने क्रममा ठूलो आवाजका साथ विष्फोट भएको भए पनि कुनै क्षति नपुगेको बताए । उनीसँगै रहेका प्रदेशसभा उम्मेदवार मगरले नरेटार जाँदै लगरेको टोलीभन्दा ५० मिटर अगाडि विष्फोट भएको बताए । विष्फोट गराएपछि टोली केहीबेर रोकिएर अघि बढेको उनले बताए । प्रचार अभियानमा सहभागी माके जिल्ला इन्चार्ज मोहन खत्रीले एमाले र माकेको गठबन्धन टोली सकुशल रहेको र अहिले अर्को कार्यक्रमस्थलतर्फ लागेको बताए ।
विष्फोटपछि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरे अनुसार प्रशासनले थप सुरक्षा बलको व्यवस्था मिलाएको र उनलेब ताए । घट्ना कसले गरेको भन्ने यकिन नभए पनि चुनाव वहिस्कार घोषणा गरेको नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता हुनसक्ने आशंका रहेको उनले बताए । प्रहरीले पनि नेकपाकै संलग्नता भएको हुनसक्ने आशंका गरेको छ । यसबारे अनुसन्धान जारी रहेकाले केही समयपछि यथार्थ कुरा बाहिर आउने जनाएको छ ।
यसअघि उदयपुरका प्रतिनिधिसभातर्फ १ नम्बरकी गठबन्धन उम्मेदवार मञ्जुकुमारी चौधरी, २ नम्बरका विष्णुकुमार राई दनुवार र प्रदेशसभातर्फका बिमल कार्की, नारायण बुर्जामगरको घरमा नेकपाले चुनाव वहिस्कारको नारा अंकित कालो व्यानर राखेर चुनावमा भाग नलिन चेतावनी दिएको थियो ।

प्रकाशित: ९ मंसिर २०७४ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App