२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना भाइरसबारे पर्यटनमन्त्री भट्टराईले भने : पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउनुस्

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई कोरोना भाइरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्। उनले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताए। त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिए।

मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बीनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरे। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताए। मन्त्री भट्टराईले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइरसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेको समेत जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताए। उनले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिए। उनले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिएको समेत बताए।

कोरोना भाइरसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताए। उनले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भाइरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पतालसम्म पुर्‍याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिए।

 

प्रकाशित: १३ माघ २०७६ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App