२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

हेम्जामा एकमहिने सारंगी प्रशिक्षण

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एकमहिने सारंगी प्रशिक्षण भएको छ।

प्रजातन्त्र पुनःस्थापनामा सत्यनारायण

तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।

मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

बान्तुका कविताले सजियो काव्य साँझ

झन्डै एक घन्टाबीचमा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे।

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शतप्रतिशत उपलब्धि हासिल

प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ।

प्रज्ञाले निकाल्यो नेपाली शैक्षणिक व्याकरण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित गरेको छ। स्कुलदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापनका लागि प्रकाशित गरिएको शैक्षणिक व्याषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति महत्वपूर्ण हुने प्रतिष्ठानले जनाएको थियो।

जनकवि दुर्गालाल श्रेष्ठको जीवनी यही सालभित्र प्रकाशित हुने

सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ। प्रतिष्ठानको अनुसार सो कृति चित्रमयसमेत हुनेछ।

प्रज्ञा–प्रतिष्ठानबाट ‘सृष्टिका कथा’ आउने

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्ति कथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो । ‘प्रत्येक जाति र तिनका थरका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।’

प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त भेटघाट तथा अन्तरक्रिया सम्पन्न

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजनमा तीनओटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका साथै सांस्कृतिक संस्थानका पदाधिकारीहरूबिच संयुक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

नेपाली वाङ्मयका क्षेत्रमा युगीन महत्वका अनेकौँ कामहरू सम्पन्न गरिसकेको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा संघीय गणतन्त्रअनूकुल मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्य प्रारम्भ गरेको छ । प्रतिष्ठान ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुक चिनाउने बृहत् ग्रन्थ‘ नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एकैसाथ प्रकाशित भए प्रेक्षितका चार कृति

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्