१० मंसिर २०८१ सोमबार
image/svg+xml

एमाले बैठकका चार अजेन्डा

स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो।

एमालेलाई बहुमत दिन सकेनौं भने देशले दुर्भाग्य व्यहोर्नुपर्छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिएका छन्।

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

च्यासलको स्तरोन्नति मंसिरसम्म

बहुप्रतीक्षित ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टर स्तरोन्नति गर्ने काम यति बेला धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लगानीमा निर्माण हुन लागेको मैदान जेठ मसान्तसम्म सक्ने लक्ष्य लिए पनि विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजना मंसिरसम्मका लागि लम्बिएको छ।

सेमिफाइनल समीकरण पूरा

पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

मनाङलाई गम्भीर धक्का

च्यासल युथ क्लबसँग स्तब्ध भएसँगै साबिकको विजेता मनाङ मर्स्याङ्दीको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।

पहिलो र छैटौँको दूरी दुई अंक मात्र

एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइजले संकटासँग १२ बजे प्रतिस्पर्धा गर्दा दिनको दोस्रो खेल च्यासल युथ क्लबले शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मीसँग दशरथ रंगशालामा दिनको ३ बजे प्रतिस्पर्धा गर्नेछ। सोमबारको खेलसँगै सातौँ चरणका खेल पनि समाप्त हुनेछन्।

सन्तोषको सय गोल

च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर सन्तोष साहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सयाैँ गोलको कोसेढुङगा पूरा गरेका छन्।

अन्तिम समय सम्हालिन नसक्दा रोकियो च्यासल

उपाधिका दाबेदार मानिएका दुई टोली मच्छिन्द्र क्लब र च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंक बाँडेका छन्। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार भएको लिगको पहिलो खेलमा च्यासल र मच्छिन्द्र क्लबले १–१ को बराबरी खेलेका हुन्।

च्यासलको जितमा साहुखल नायक

कप्तान सन्तोष साहुखलले दुई गोल गरेपछि च्यासल युथ क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। करिब पाँच वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ‘ए’ डिभिजन लिग सञ्चालन हुँदा च्यासलले सिमजी संकटामाथि २–० को जित निकाल्यो।

च्यासलमा जापानी खेलाडी

च्यासलले युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानी खेलाडीलाई अनुबन्धन गर्ने भएको छ। एसियन फुटबलको पावर हाउसका रूपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो।

पुलिस सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन च्यासलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले सेमिफाइनलमा बिग्रेड ब्वाइज क्लब (बिबिसी)सँग मंसिर १० मा प्रतिस्पर्धा गर्नेछ।

च्यासल युवा क्लब सेमिफाइनलमा

बट्टारमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबलमा सोमबार च्यासल युवा क्लब सेमिफाइनल पुगेको छ । सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई २–० ले हराउँदै च्यासलले सेमिफाइनलमा स्थान बनाएको हो।च्यासलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल प्रदर्शन गरेको थियो ।तर, पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।खेलको ५७औं मिनेटमा मिलन राईले अफसाइड ट्य्राप बिट गर्दै उत्कृष्ट हेडरबाट गोल गरेर च्यासललाई अग्रता दिलाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्