२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पुलिस सेमिफाइनलमा

काठमाडौं – डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो संस्करणको चन्द्रगिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। च्यासलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका सुमन लामाले गरेको गोल नै निणार्यक बनेको हो। सुरुआतबाट नै आक्रामक देखिएको पुलिसले १७औं मिनेटमा अग्रता लिएको थियो। हुलमुलमा बक्सभित्रबाट सुमनले गरेको प्रहार गोलरक्षक तथा कप्तान एलेन न्यौपानेले पत्तै पाएनन्।

त्यसअघि खेलको १३औं मिनेटमा पुलिसका कप्तान जुमानु राईले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। रवि पासवानको पासमा पेनाल्टीबक्सभित्र जुमानुले बल भेट्नै सकेनन्। २९औं मिनेटमा च्यासलका सुशान्त लामाको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए। ३३औं मिनेटमा सुमनको प्रहारलाई गोलरक्षक एलनले सहजै बचाए।

पहिलो हाफमा १–० ले पछिपरेको च्यासलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि अग्रपङ्क्तीमा लगातार चुकिरह्यो। ५७औं मिनेटमा पुलिसका कप्तान जुमानले अग्रता दोब्बर पार्ने मौका गुमाए। डिबक्सभित्रको प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो। ६४औं मिनेटमा च्यासलले बराबरी गर्ने मौकामा पुलिसका गोलरक्षक शत्रुधन चौधरी बाधक बने।

४० यार्डबाट सुशान्तको फ्रिकिक प्रहार गोलरक्षक चौधरीले मुस्किलले डाइभिङ पञ्च दिँदै बचाए। ७९औं मिनेटमा सुनील खड्काको प्रहार पनि गोलरक्षकले विफल पारिदिए। च्यासलले अन्तिम १० मिनेट पुलिसलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्कन बाध्य बन्यो। पुलिसका सुमन लामा म्यान अफ दी म्याच घोषित भए। उनलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले ५ हजार रुपैयाँ प्रदान गरेका थिए। 

पुलिसले सेमिफाइनलमा बिग्रेड ब्वाइज क्लब (बिबिसी)सँग मंसिर १० मा प्रतिस्पर्धा गर्नेछ। बिबिसीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो। आइतबार अन्तिम क्वार्टरफाइनलमा नेपाल एपिएफ र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

विजेताले ६ लाख ५० हजार र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।

डिफेन्डिङ च्याम्पियन च्यासलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले सेमिफाइनलमा बिग्रेड ब्वाइज क्लब (बिबिसी)सँग मंसिर १० मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ८ मंसिर २०७६ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App