१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

च्यासलमा जापानी खेलाडी

काठमाडौं – च्यासलले युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानी खेलाडीलाई अनुबन्धन गर्ने भएको छ। एसियन फुटबलको पावर हाउसका रूपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो। च्यासलले यसअघि नै एक जापानी खेलाडीलाई अनुबन्धन गरिसकेको छ। मिडिफिल्डर जुन इची ओजावालाई च्यासलले चन्द्रागिरि गोल्डकपमा समेत खेलाएको थियो। त्यसै गरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले जानकारी दिए।

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भिœयाउन लागेको हो। हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो। हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दै थिए। उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथुआनिया र जे थ्री लिग खेलेको अनुभव छ। ताइगो नाकामुरा जापानी राष्ट्रिय यु १५ टोलीका कप्तानसमेत भएका थिए। उनी लाओस प्रिमियर लिगमा लुआङ प्रबङ युनाटेडमा आबद्ध भएका थिए।

यसअघि नै आबद्ध भइसकेका जुन इची ओजावा गोयो एफसी मंगोलिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे।
मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। च्यासलले अन्य खेलाडीलाई पनि आबद्ध गराइसकेको छ। ललितपुरको अर्काे क्लब थ्री स्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासलले आबद्ध गराउन सफल भएको छ।

गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल बल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले आबद्ध गरेको छ। यी चार जना नै थ्री स्टारबाट खेल्थे। छिरिङ गुरुङ, हेमन्त थापामगर च्यासलमै रहेका छन्। सहायक कोचमा बालगोपाल साहुखललाई आबद्ध गरेको च्यासलका अध्यक्ष रमेश व्यञ्जनकारले बताए।

प्रकाशित: १० मंसिर २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App