किन बढ्दैछ सम्बन्ध बिच्छेद? न्यायाधीशले सुनाए मुख्य कारण
जुनी–जुनी साथी मानिने श्रीमान्–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै गएका बेला सम्बन्ध बिच्छेदलाई सहज रुपमा लिन थालिएको छ। जिल्ला अदालतमा गत आर्थिक वर्ष(आव) २०७५/७६ मा कुल मुद्दाको एक चौथाई बढी अर्थात् २७ दशमलव १० प्रतिशत सम्बन्ध बिच्छेदको परेको छ।