१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाँच करोड माथिको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउँछौंः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्।

गाउँमै उद्यमशील सुजता

सिकेको सीपलाई उपयोगी बनाउन सकेमा जीवन धान्ने आम्दानी आर्जन गर्न रोइलो गर्नु नपर्ने उदाहरणकी पात्र सुजताले मैवाखोला गाउँपालिकाको केन्द्र साँघु पाटीमा सिलाई–कटाई केन्द्र खोलेकी छन्।

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ।

चार वर्ष बित्यो, न छोरीले इन्साफ पाइन्, न तलाक

शरीरमा आगो लगाएर पति, सासू र ससुरा फरार भए। माइतीले उद्धार गरे। नेपालगन्ज र काठमाडौंका अस्पतालमा लामो समयसम्म उपचार गरेपछि उनको स्वास्थ्य त ठीक भयो। तर जीवनभर उनले मानसिक पीडा भने बोकिरहिन्।

म्याद गुज्रेका औषधि जफत

जिल्लाको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा जन्तेढुंगा–५ चिसापानी बजारमा सञ्चालित सो औषधि पसलबाट ५ हजार १ सयबराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

सम्झौता कम्पनीको, काम घरमा

कम्पनीको नाममा श्रम स्वीकृति निकाल्ने र खाडी मुलुक पु-याएर महिलालाई घरेलु काममा लगाउने गिरोह सक्रिय रहेको पाइएको छ।

महिला फुटबल खेलाडीलाई सम्मान

घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।

घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार

१५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ। आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए। यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन्।

खुला गरौं : सरकार, तत्काल होइन : समिति

विदेशको घरेलु काममा नेपाली महिला पठाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबीच विवाद भएको छ।

घरेलु हिंसाको चपेटमा महिला

काठमाडौंकी २५ वर्षीय अञ्जली श्रेष्ठको बाआमा उनी सानै छँदा बिते। त्यसपछि उनलाई एक एकदम्पत्तीले पालनपोषण गरे। समयक्रममा उनको विवाह भयो। तर सो सम्बन्ध लामो टिकेन। तीन वर्षअघि सिन्धुपाल्चोकका व्यक्तिसँग उनको दोस्रो विवाह भयो। तर दुर्भाग्य !

ठुलाे परिमाणमा बरामद गरिएको घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बरामद गरेको ३७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ।

निडर अभियन्ता

घरेलु हिंसालाई नियति ठानेर घरभित्रै चुपचाप बस्ने महिला धेरै छन् । तर, हिंसालाई अवसरको रूपमा उपयोग गरेर आफ्नो जीवन नै हिंसा पीडित महिलाका लागि समर्पण गर्नेहरू थोरै मात्र होलान् । तीनैमध्येकी एक हुन्, देवकुमारी महरा । जसले आफ्नो जीवन हिंसापीडित महिलाको न्यायका लागि समर्पित गरेकी छन्।

'घरेलु मदिरामा कण्डम र प्याड'

प्रहरीले सुर्खेतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएकाे अवैध घरेलु मदिरामा महिनावारी हुँदा प्रयोग गरेका प्याड, मोजा, चप्पल लगायतका दुषित कुरा प्रयाेग गरिएकाे पाइएकाे छ।

घरेलु मदिरा नियन्त्रणमा नगरपालिकाको चासो

घरेलु अवैध मदिराका कारण गाउँवस्तीमा विवाद हुने गरेको भन्दै चन्दननाथ नगरपालिका जुम्लाले निगरानी समिति गठन गरेको छ। जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न चन्दननाथ नगरपालिकाले वडा स्तरमा निगरानी समिति गठन गरेको हो।

१५ हजारकाे अवैध घरेलु मदिरा नष्ट

जुम्लाको हाँकु प्रहरी चौकीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। प्रहरी चौकी हाँकुले खलंगा हुदै नाग्म कालिकोट तर्फ जादै गरेको सवारी साधानमा विक्रिका लागि लैजादै गरेको घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्