५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

१५ हजारकाे अवैध घरेलु मदिरा नष्ट

जुम्ला - जुम्लाको हाँकु प्रहरी चौकीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। प्रहरी चौकी हाँकुले खलंगा हुदै नाग्म कालिकोट तर्फ जादै गरेको सवारी साधानमा विक्रिका लागि लैजादै गरेको घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको हो। जुम्लाबाट नाग्मतिर जाँदै गरेका ३ वटा सवारी साधनबाट प्रहरीले मदिरा बरामद गरेको थियो। करिब १५ हजार रुपैयाँ बराबरको मदिरा प्रहरीले नष्ट गरेको बताएको छ।

सवारी साधनमा लुकार्इ लगिँदै गरेको ९० लिटर घरेलु मदिरा ३ वटा गाडिबाट बरामद गरेको प्रहरी चौकि हाँकुका इन्चार्ज धनवहादुर साउदले जानकारी दिए। गाडिको सिटमुनि राखेर विक्रि गर्न लैजादै गरेको मदिरा चेकजाँचको क्रममा बरामद गरिएको उनले वताए। 

समाजमा हुने अधिकांश अप्रिय घटनाहरु मदिराकै कारण हुने गरेको भन्दै साउदले मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको वताए। प्रहरीले शुरु गरेको अवैध मदिरा नियन्त्रणलाई प्राथमिकतामा राखेको प्रहरी इन्चार्ज साउदले जानकारी दिए। अवैध घरेलु मदिराको बिक्री वितरणमा कडाई गर्ने र उत्पादन भइरहेका स्थानमा गएर घरेलु मदिरा जफत गरी नष्ट गर्ने योजना प्रहरीले बनाएको छ। जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआम रुपमा बिक्री भइरहेको पाइएपछि हाँकु प्रहरी चौकिले अभियानकै रुपमा मदिरा नियन्त्रण कार्यक्रम अघि बढाएको छ।

 

प्रकाशित: २५ श्रावण २०७५ ११:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App