७ आश्विन २०८१ सोमबार
image/svg+xml

दीपावलीको औंसी

हृदय नै उज्यालो नभएकैले होला, बाहिर खुबै बत्ति बाल्नुपरेको । स्वार्थले हृदय भरेकैले होला, शुभकामना बाँड्दै हिँड्नेगरेको । भित्रबाट खोक्रो भएकैले होला, खुबै तामझाम गर्नुपरेको । मनमा दरिद्रता भरिएकैले होला, खुबै लक्ष्मीको पूजा गर्नेगरेको ।

धनधान्यकी देवी लक्ष्मी

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

लक्ष्मीपूजामा लोडसेडिङ हुुँदैन: प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले उज्यालो पर्व तिहारको लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

बाबुले गराइदिए छोराको चौरासी पूजा

यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्।

ट्याक्सी ड्राइभरले गरे विश्वकर्मा पूजा(फाेटाे फिचर)

ट्याक्सी ड्राइभरहरुले विश्वकर्मा पूजा मनाएका छन्। विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो ।अश्विन संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ।

रातो मच्छिन्द्रनाथको क्षमापूजा

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले रथयात्रालाई अघि बढाउने निर्णय गरेसँगै शुुक्रबार क्षमापूजा गरिएको छ ।

पूजा गर्न मन्दिर गएकी वृद्धाको मृत्यु

मन्दिरमा पूजा गर्न गएकी एक वृद्धाको सोमबार दिउँसो मृत्यु भएको छ। साउने सोमबारको पूजा गर्न गएकी बराहताल गाउँपालिका–५, भट्टेघारीका ६० वर्षिय लक्ष्मी शाहीको मृत्यु भएको हो।

घरघरमा भूमिपूजा गरी उभौली मनाउँदै किराती समुदाय

प्रकृति पुजक किराती समुदायले यो वर्ष (यलिहाङ संवत ५०८०)को साकेला उभौली घर घरमा भूमिपूजा गरेर मनाउँदैछ । हरेकवर्ष वैशाख पूर्णेदेखि २ महिनासम्म सार्वजनिक ठाउँमा भेला भएर सामूहिक भूमिपूजा गर्दै गोलाकार घेरामा ढोल, भ्याम्टा बजाउँदै सिली नाचसहित सद्भाव आदान–प्रदान गर्दै मनाइने उभौली यसवर्ष कोरोना भाईरस (कोभिड–१९) बाट बच्न घरघरमा पूजा गरी एक्लाएक्लै मनाइएको हो ।

मनकामनाका पूजारीले बन्दुक बुझाए

मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापाले बन्दुक प्रहरीलाई बुझाएका छन्। ब्यक्तिगत सुरक्षाका लागि भन्दै उनले तीनवटा बन्दुक लिएको विषयमा चर्को आलोचना भएको थियो। लकडाउनका बेला बन्दुक बोकेर शिकार खेल्न हिँडेको आरोप लागेका पूजारीलाई प्रहरीले एक साता अघि बन्दुक सहित नियन्त्रणमा लिएको थियो।

मनकामना मन्दिरका पूजारीका तीन नाल बन्दुक !

बिहानदेखि बेलुकीसम्म मनकामना मन्दिर भित्र पूजापाठ गरेर भक्तजनलाई आशिक दिँदै बस्ने पूजारीलाई सुरक्ष थ्रेट कति अनुमान गर्न सकिएला।

परिवारका सदस्यलाईं बचाउने कामना गर्दै घरमै पूजापाठ गर्ने तयारी

विश्वमा फैलिएको कोरोना भाइरसको प्रकोपपछि अहिले नेपाल लकडाउनमा छ। यस्तो अवस्थामा आदिवासी थारुसँगै अन्य जातिले हरेक नयाँ वर्षको दिन मनाउने सिरुवा पर्व यसपालि खुल्ला कार्यक्रम गरि आयोजना गर्ने अवस्था रहेन। जसले गर्दा उनीहरुले आफ्नो धार्मिक आस्था जोगाउन भएपनि घर–घरमै मनाउने तयारी गरेका छन्।

समृद्ध तुल्याउँ बन्दाबन्दी

के आयो यो कोरोना भाइरसको झञ्झावाद जसले संसारै हल्लाइदियो । कहिलेसम्म हल्लाउने हो भन्न सक्ने कोही छैन । के रोग हो, यो कति बलवान रहेछ, कुनै पनि परमाणुशक्ति राष्ट्रको पनि पिताम चल्दैन ।

संक्रमण नफैलियोस भन्दै नगरपालिकाद्वारा पूजा र बलि

जिल्लामा कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै यहाँको एक नगरपालिकाले भगवती मन्दिरमा बलि बोका चढाएर विशेष पूजाआजा गरेको छ। नेपालमा पनि कोरोना संक्रमित युवती फेला परेको समाचारसंगै देश पूर्णरुपमा लकडाउनमा रहेको बेला त्रिपुरासुन्दरी नगरपालिकाले नगरका ११ वटै वडाबासी लगायत जिल्लाबासी र नेपाली जनतामा कोरोना लगायतको कुनै पनि प्रकारको संक्रमणले अकालमा ज्यान नजाओस भन्दै चैते दशैको घटस्थापनाको दिन पारेर बोका बलि चढाएर पूजाआजा गरेको हो।

पशुपतिमा पूजा स्थगित

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो।

माझी समुदायले गरे कोसी पूजा

रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँमा कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले दूधकोसीमा पुगेर पूजा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्