माझी समुदायले गरे कोसी पूजा
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँका माझी समुदायले कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, रक्षा गरुन्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले मंगलबार दुधकोसीमा पुगेर कोसी पूजा गरेका हुन्। पाठी, कुखुराको भाले, परेवा, हाँस र अण्डाको बलि दिएर कोसी पूजा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवाका वडा सदस्य रहेका सोमबहादुर माझीले बताए।