१५ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति भण्डारीद्धारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन्।

छठमय मधेस

मधेस यतीबेला छठ पूजाको तयारीमा जुटेको छ। मधेसका जिल्लाहरुमा छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ।

तिहारमा पूजा गर्नलाई गाई पाइएन

सोमबार जाजरकोट खलंगाका स्थानीयहरु बिहानै देखि गाई खोज्न हैरानी गर्दै थिए। तिहारमा पूजा गर्ने गौमाताको रुपमा पूजिने गाईको खोजीमा उनीहरुलाई हैरानी परेको थियो। गाईपूजा गर्नका लागि बजार र घरआँँगनमा कसले गाई ल्याउला र पूजा गरौंला भनेर उनीहरु व्यग्र पर्खाइमा थिए।

नेवार समुदायकाे भाइटीका भोलि, आज म्हः (आत्म) पूजा गर्दै

नेवार समुदायले आजको दिन  म्हः (आत्म) पूजासमेत गर्दैछन्। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

आज भाइटीका, साइत बिहान ११ः५५ बजे

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन मंगलबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ।

८ वर्षपछि मुद्दा जितिन् पूजाले

विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन्। एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन्।

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ ।

म्हः अर्थात् आफ्नै शरीरको पूजा

नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो। सम्पूर्ण देवीदेवता, ऊर्जाशक्ति र विश्वब्रह्माण्ड नै मानव शरीरभित्र रहेको विश्वास गरी म्हःपूजा पूजा गर्नु प्राकृतिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ। म्हःपूजा आफ्नो शरीरको सम्मान पनि हो।

नेपाल रिपब्लिक मिडियामा लक्ष्मी पूजा(फोटो फिचर)

नेपाल रिपब्लिक मिडियाले लक्ष्मी पूजा सम्पन्न गरेको छ। सुन्धारा स्थित रिपब्लिक मिडियाको प्रधान कार्यालयमा लक्ष्मी पूजा गरिएको हो।

आज लक्ष्मीपूजा

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

तिहार विशेष : पशुपक्षीलाई एक दिनको पूजा र माला !

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) सुरु भएको छ। तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ।

भाइटीकाको भोलिपल्ट बिदा!

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा)का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन्।

खड्गभवानी कोतमा मौलो पूजासहित सामूहिक टीका

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ।

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्।

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ। खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्