भक्तपुर- ह्यूमत मिसा पुचको आयोजनामा उपत्यकाका आठ जीवित कुमारीहरुको शनिबार भक्तपुरमा पूजा गरिएको छ। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी र काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले संयुक्त रुपमा पूजा गरेका हुन्।
बसन्तपुरको कुमारी मात्र प्रचारमा रहेकोले सबै जीवित कुमारीहरुको प्रचार गर्ने हेतुले जीविक कुमारी पूजाको आयोजनमा गरेको ह्यूमत मिसा पुचका अध्यक्ष मचा नानि मर्हजनले बताइन्।
भक्तपुरको काठमाडौं दिपंकरशील महाबिहारमा रहेको कुमारी पूजाको लागि १० नं वडा कार्यालयले व्यवस्थापन र भक्तपुर स्काउट, भक्तपुर ट्राफिक, स्टार बैक्वेट, कमलबिनायक मन्दिर सुधार समितिको सहयोगमा सम्पन्न भएको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले बताए।
पूजामा भक्तपुर, ललितपुर र काठमाडौंका गरी हजारौंको सहभागी रहेको थियो।
प्रकाशित: ११ माघ २०७६ १२:३८ शनिबार