१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण दलबारे माओवादी- राजसी तामझाम कमजोर नहोस् भन्ने मनसाय

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीनको भ्रमणमा निस्किँदैछन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने यसलाई 'राजसी तामझाम' भनेको छ ।

प्रधानमन्त्री ओलीले ठूलो सङ्ख्यामा सदस्यहरू लगेको उल्लेख गर्दै माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले भनेका छन्, 'राजसी तामझाम कमजोर नहोस् भन्ने मनसायबाहेक अरू के हुनसक्छ ?'

अगाडि उनले भनेका छन्, 'सरकार वैदेशिक ऋणमा चलेको छ । त्यसका प्रधानमन्त्री ओली ८७ जनाको पल्टन लिएर चीन भ्रमणमा जाँदैछन् । सानो, चुस्त र अति आवश्यक टिम लिएर गए के हुन्छ ?'

प्रधानमन्त्री ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडालगायत विभिन्न मन्त्रालयका सचिव, सांसद र निजी क्षेत्रका अधिकारीहरू छन् ।

प्रकाशित: १४ मंसिर २०८१ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App