१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनसँग ऋण लिन नसकिने मन्त्री राणाको भनाइ, कांग्रेस एमालेको सहमतिमै बीआरआई अघि बढ्ने

परराष्ट्रमन्त्री आरजु राणाले बीआरआई परियोजनामा ऋण लिन नसकिने बताएकी छन्। 

चीनबाट स्वदेश फर्कने क्रममा मन्त्री राणाले देशको आर्थिक अवस्थाका कारण कुनै पनि ऋण लिन नसकिने बताएकी हुन्। उनले सञ्चारकर्मीसँग कुरा गर्दै चीन सरकारसँग लोन लिन नसक्ने कुरा प्रष्ट राखेको बताएकी छन्। 

चिनियाँ पक्षले पनि आफूले राखेको कुरालाई राम्रोसँग सुनिदिएको मन्त्री राणाको भनाइ छ। 

बीआरआई कार्यान्वयनका विषयमा  सत्तारुढ कांग्रेस र एमालेबीच भएको समझदारी अनुसार नै अगाडि बढ्ने मन्त्री राणाले बताइन्।  

प्रकाशित: १५ मंसिर २०८१ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App