८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

कञ्चनपुर जिल्ला भन्सार कार्यालय गड्डाचौकीले लक्ष्य भन्दा सात करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा भन्सारले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो ।

पत्रकार कोषका लागि लन्डनमा ३० लाख संकलन

नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ नेपाल पत्रकार महासंघ युकेले च्यारिटी डिनर आयोजना गरेको छ।

मतपेटिका संकलनमा सकस

गोरखाका दुर्गम गाउँपालिकामा मतपेटिका संकलन गर्न कम्तीमा दुई दिन लाग्ने भएको छ । सदरमुकामबाट तीनदेखि पाँच दिन लगाएर निर्वाचन गराउन पुगेका कर्मचारीले गाउँपालिका केन्द्रसम्म मतपेटिका पुर्याउन कम्तीमा दुई दिन लाग्ने बताएका छन् । मोटर पहुँच नपुगेको र हेलिकप्टर नपाए मतपेटिका संकलनमा सकस हुने कर्मचारीको भनाइ छ।

चैते दशैंमा साँढे १७ लाख भेटी संकलन

यहाँको प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंका अवसरमा रु १७ लाख ५४ हजार भेटी संकलन भएको छ । चैते दशैं अवधीभर १७ लाख ५४ हजार ९ सय ५३ रुपैयाँ संकलन भएको गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले १२ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ। पछिल्लो एक साताको नेपाल बैंकर्स संघको तथ्यांक हेर्ने हो भने एक अर्ब निक्षेप संकलन हुँदा दुई अर्ब रुपैयाँ लगानी भएको छ। निक्षेपभन्दा ऋण लगानी दोब्बरले बढेको छ।

शवदाह गृहले नानी संकलन बढायो

मानिसको मृत्यु भएको आठदेखि १२ घन्टाभित्र आँखाको नानी (कर्निया) विशेष प्रविधिको माध्यमबाट निकालेर सुरक्षित राखिन्छ।

बर्डफ्लु पत्ता लगाउन नमुना संकलन

सुनसरी इटहरी वडा नं. १२ को पाथीभरा पोल्टी फर्ममा पालिएको कुखुरामा नयाँ प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमुना संकलन थालिएको छ  ।

आशाको उपचारको लागि सात लाख सहयोग संकलन

फिदिम नगरपालिका– ८ चोगमागुकी २१ बर्षिय आशा तुम्बापोको उपचारमा ७ लाख २१ हजार ३ सय ८१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ। आन्द्रामा ट्युमर पलाई अप्रेशन गर्ने क्रममा तुम्बापो समाज सेवा, नेपालको संयोजनमा यतिको सहयोग गरीएको हो।

समाचार संकलन गर्दै गर्दा महिला पत्रकार मारिइन्

समाचार संकलन गर्ने गर्दै गर्दा इराकमा एक महिला पत्रकार मारिएकी छिन्। इराकको मोसुल शहरमा भएको बम बिष्फोटनमा उनको मृत्यु भएको छ। उनी इराकको कुर्द टेलिभिजनमा कार्यरत थिइन्।

मतदाता नामावली संकलन बन्द

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

एक सय ८० राहदानी संकलन गर्ने ठगविरुद्ध ८७ को उजुरी

वैदेशिक रोजगारका नाममा भै रहेको लुटपाटको एउटा नमुना प्रहरीले सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले एकै एजेन्टका साथबाट तीन भारतीय सहित एक सय ८० थान राहदानी बरामद गरेपछि वैदेशिक रोजगारीका नाममा भै रहेको कालो धन्दा बाहिर आएको हो।

धुर्मुस सुन्तलीलाई सिड्नीबाट १७ लाख सहयोग रकम संकलन

एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ ।

मतदाता नामावली संकलन तथा अद्यावधिककाे काम सुरु

जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि एक महिने अभियान सुरु गरेको छ। निर्वाचन कार्यालयले जिल्लाका ७२ गाबिसमा टोली खटाएर उमेर पुगेका नागरिकको फोटो सहितको मतदाता नामावली संकलनकालागि अभियान सुरु गरेको हो।

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

तलब–भत्ता वृद्धिविरुद्ध सांसदहरुलाई एक रुपैयाँ संकलन

सांसदको तलब–भत्ता वृद्धिविरुद्ध म्याग्दीका विद्यार्थीले चर्को विरोध गरेका छन् । अनेरास्ववियु म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा सर्वसाधारणबाट ६०१ रुपैयाँ संकलन गरी व्यवस्थापिका संसद्लाई पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्