८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजश्व संकलन सन्तोषजनक: महानिर्देशक शर्मा

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले पाँचौ राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको सााक्षात्कारमा महानिर्देशक शर्माले वर्तमान कर प्रणाली सन्तोषजनक रहेको भन्दै करदाताको संख्या वृद्धि भइरहेको बताएका हुन्।

उच्च माबि सञ्चालनका लागि देउसीभैलीबाट ११ लाख संकलन

उच्च माबि सञ्चालनकालागि खोटाङको श्रीमाबि बाँसबोटे लफ्याङले देउसीभैलीबाट ११ लाख भन्दा बढि रकम संकलन गरेको छ । उच्च माबि सञ्चालनार्थ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको देउसीभैलीकाक्रममा ११ लाख ४३ हजार रकम संकलन गरेको हो ।

पाँच बेवारिसे शव संकलन गरी दाहसंस्कार

एक्सन फर सोसेल चेन्ज नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेबारिसे शव संकलन गरी शुक्रबार सामुहिक दाह संस्कार गरेको छ।

सामाजिक सञ्जालबाट रकम संकलन गरेर गाउँमा एम्बुलेन्स सेवा

स्याङ्जाको श्री कृष्ण गण्डकी गाविस–६ मा रहेको ध्रुबज्योती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले उठाएको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरू भएको छ।

युरोपमा मारिएका नेपालीको शव पठाउन ६ हजार युरो संकलन

युरोपियन मुलुक स्लोभाकियामा रेलको ठक्करले मृत्यु भएका दावा लामाको शव नेपाल पठाउन ६ हजार युरो संकलन भएको छ। गैरआवासीय नेपाली संघ जर्मनीको अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव नेपाल पठाउन आवश्यक पर्ने उक्त रकम एनआरएन जर्मनीको पहलमा संकलन भएको हो।

लगत संकलनमा भूकम्पपीडित नै छुटे

केन्द्रीय तथ्यांक विभागले गरेको लगत संकलनमा करिब १ हजार ५ सय भूकम्पपीडित समावेश गरिएको छैन। ललितपुर जिल्लामा भूकम्पपीडितको परिचयपत्र पाएका तर राहत नपाएकालाई लगतमा समावेश नगरिएका कारण भूकम्पपीडित छुटाइएका हुन्। ती भूकम्पपीडितले अहिलेसम्म पनि राहतको १५ हजार र १० हजार रुपैयाँ पाएका छैनन्।

वीरगन्जलाई उछिन्यो भैरहवा भन्सारले, लक्ष्यभन्दा ८ अर्ब बढी राजस्व संकलन

भैरहवा– भैरहवा भन्सार कार्यालयले राजश्व संकलनमा यसपटक देशभरका सबै भन्सारलार्इ उछिनेको छ। गत आर्थिक वर्षमा यो नाकाबाट सवारी साधनको आयात ह्वात्तै बढेपछि प्रमुख व्यापारिक नाका वीरगन्जलाई पनि उछिन्दै भैरहवाले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्