चुम्बनको चोट हो,धोएर के गर्नु!
अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।
अँगालो मारिदेऊ छोएर के गर्नु, चुम्बनको चोट हो धोएर के गर्नु। हाँस, हँसाऊ जीवन छोटो नै छ, आत्माको व्यथामा रोएर के गर्नु।
विचार सत्य युगीन छ, आचारमा कलि छ,सर्वत्र भुलभुलैया, इन्द्रजाल र छली छ। कसरी चिन्नु खै मान्छेभित्रको मान्छेलाई,यहाँ आँसु अनि मुस्कान दुवै नक्कली छ।
जानीजानी किन झूटा भ्रम छर्छ मान्छे, बाँचुन्जेल मरिहाल्ने हर्कत गर्छ मान्छे। सिंत्तै पाए अलकत्र खाऊ जस्तो गर्दै, मान्छेको औकातबाट किन झर्छ मान्छे?
अरूलाई अर्तीउपदेश दिनेहरू धेरै छन्,फिर्ता नगर्ने गरी सापट लिनेहरू धेरै छन्। आफ्नो भने कहिल्यै फुटेको कौडी पनि नझार्ने, सित्तैंमा पायो भने घ्याम्पो नै पिउनेहरू छन्।
मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।
मुक्तककार सुभद्रा अधिकारीको मुक्तकसङ्ग्रह शुभारम्भ हालै एक समारोह बीच लोकार्पण भएको छ।
खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।
यही देशमा बस्ने परिवेश बनाइदेऊ, पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।सुजरल्याण्ड बनाउनु पर्दैन सरकार? मलाई मेरो देश बनाइदेऊ।
मै हुँ भन्नेहरूको पनि हुँदैन दिन सधैं बलियो, बल,बुद्धि र धन त कंस र रावणको पनि थियो। जति नै फुर्ती गरे पनि एक दिन मेटिन्छ अस्तित्व, तेल रहुन्जेल मात्र न हो यो तेजिलो बल्ने दियो!
ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु, दुनो सोज्याई भाग्नेलाई किन आफ्नो भन्नु।संसारमा चोखो माया पाउन रैछ गाह्रो, छोडी जाने निर्दयीलाई बिर्सनु नै भन्नु।
आँखामा प्यारको प्रचारप्रसार हुन थालेपछि, नजरको वाणले बेस्सरी प्रहार हुन थालेपछि। हजार वाटको करेन्ट पनि फिका लाग्छ अचेल, नसानसा याद्को झङ्कार हुन थालेपछि।
ठाउँ बरु साँघुरो होस्, फराकिलो मन बनाऊँ, गरिब नै होस् केही हुन्न संगतमा स्वजन बनाऊँ। जस्तो दिन्छौं उस्तै आउँछ अपमान र सम्मान पनि, धन नै नहोस् तर पनि आनन्दित जीवन बनाऊँ।
नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन, अरू रूवाई आफू हाँस्न पनि त सकिंदैन। ऐंजेरू पाल्न त कस्लाई मन हुँदो हो र! चाहँदैमा एकैचोटि मास्न पनि त सकिंदैन।
गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखी दिन्छन्,खामभित्र मुटु उपहार पठायो नालीमा फ्याँकिदिन्छन्। यहीं त फरक देखिंदो रहेछ धन र मन बीचमा साथी, मन भएकाहरूले कुरुप अनुहार पनि संगाली दिन्छन्।
साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ।नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए।