३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन!

मुक्तक

(१) मुक्तक

सवाल टेम्पू रिक्साको हैन रेलको छ कुरा,

विशिष्टता के हो हैन पास फेलको छ कुरा।

नाच अनुसार गीत कि गीत अनुसार नाच?

मेलबेमेल नौटंकी हो तालमेलको छ कुरा।

(२) मुक्तक

नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन,

अरू रूवाई आफू हाँस्न पनि त सकिंदैन।

ऐंजेरू पाल्न त कस्लाई मन हुँदो हो र!

चाहँदैमा एकैचोटि मास्न पनि त सकिंदैन।

(३) मुक्तक

बूढो भइस् भन्न थाले हिरो भन्नेहरू,

नजिकमै छन् अझै पनि पिरो भन्नेहरू।

वर्तमानले मात्र हुन्न मूल्यांकन सत्य,

उस्तै छन् कि बदलिए किरो भन्नेहरू।

(४) मुक्तक

अनायासमै मनमा अतास आइदिन्छ,

कहिले हुरी कहिले बतास आइदिन्छ।

कुरो उही कोही खुशी कोही बेखुशी,

त्यसैले जनजनमा हतास आइदिन्छ।

(५) मुक्तक

कोइलाभित्रको हिरा सबैले कहाँ चिन्छन् हजुर,

थाहा हुन्न रैछ को पस्छन् को अन्मिछन् हजुर।

पसल थाप्दैमा व्यापार कहाँ सफल हुँदो रहेछ र!

राक्षस मात्र हैन देउता पनि त जन्मिन्छन् हजुर।

प्रकाशित: २४ पुस २०८० ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App