१२ मंसिर २०८१ बुधबार
image/svg+xml

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ’ विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन।

जागिरे तनावको जोखिम

तनाव र दबाबमा काम गर्नुपर्ने र कसैबाट धन्यवादसमेत नपाइने कामले पुरुषहरू बढी मर्कामा परिरहेको शोककर्ताहरूले बताएका छन् ।

कामना सेवा विकास बैंक र न्यु नेपालबीच सम्झौता

कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।

उपत्यकामा डेंगी र अज्ञात ज्वरोका बिरामी बढे

वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।

मुगु आगलागीमा नष्ट हुने घरको सङ्ख्या ८ पुग्यो, एकजना घाइते (अपडेट)

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन्।

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा मार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमन चयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताएका छन।

संविधान दिवसको उपलक्ष्यमा प्रम दाहालले दिए शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

तीजको शुभकामना!

तीजको सुरुआत प्रशंगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत गरेका कारण खुसी भएर महादेवले विवाह गरेको आख्यान जोडिएको छ।

गैह्रीगाउँ हत्या प्रकरणः तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानमा, सबै नाकामा प्रहरी परिचालन

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको छ।

नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए: झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्