२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

नेतृत्वले आवश्यकता अनुसारको काम गर्न नसक्दा जनता आक्रोशित भए: झलनाथ खनाल

फाइल तस्बिर

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले जनता नेतृत्वबाट काम नभएपछि विद्रोही हुँदै गएको र निराश भएको बताए। उनले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरूलाई जनताले साथ र स्याबासी दिँदै आएको बताए। उनले देशको नेतृत्व अकर्मण्य भएको बताए। 

समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै आम जनताको परिवर्तन गर्न जरुरी रहेको धारणा राखे। उनले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरू आकर्षित हुन थालेको बताए।पूर्व प्रधानमन्त्री खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताए। 

प्रकाशित: २९ भाद्र २०८० १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App