२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नियमविपरीत मेडिकल र खाद्यान्न पसल सञ्चालन

जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।

अनुगमनका क्रममा अधिकांश मेडिकल अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ। जुम्लाको सदरमुकाम खलंगा बजारमा अवस्थित चन्दननाथ नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालित मेडिकल अनुगमन गर्दा धेरै समस्या देखिएका छन्।

तीनवटा मेडिकल, एउटा डेन्टल क्लिनिक र ६ वटा खाद्यान्न पसलको छड्के अनुगमन गरिएको थियो। ओम मनीष पोलिक्लिनिक एन्ड रेफरल सेन्टर, चन्दननाथ औषधी पसल र कर्णाली मेडिकल अनुगमन गरिएको हो। यी तीनवटै पसललाई ५०–५० हजार जरिवाना गरिएको छ। औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको लगायतका समस्या पाइएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।

यसैगरी खाद्यान्नतर्फ ६ वटा पसल अनुगमन गरिएको थियो। ५० हजार ७ सय ३६ रूपैयाँबराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ। चियापत्ती, डेरी मिल्क, डाइपर, ललीपप, माल्टा क्रिम, स्किन क्रिम, बियर, पापड, ड्राइफुड्स, सनफ्लावर तेल, धारा तेल, स्वस्तिक तेल, किसमिस चाउचाउ मिठाइ, दालमोठ, अर्ना बियरलगायतका सामान जफत गरिएको गरिएको थियो।

लुम्बिनी ट्रेडर्स, सागर ट्रेडर्स, लुना स्टोर्स एन्ड सप्लायर्स, बुढा जनरल स्टोर्स, न्यु सृष्टि जनरल स्टोर्स र पाल्पाली जनरल स्टोर्समा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख डा. ईश्वर सुवेदीले बताए। उनले भने, ‘अनुगमनका क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसलहरूमा आवश्यकताअनुसार सल्लाह एवं सुझाव दिइएको छ।

त्यस्तै लुम्बिनी ट्रेडर्स, सागर ट्रेडर्सबाट ३० हजार तीन सय ९० रूपैयाँ, लुना स्टोर्स एन्ड सप्लायर्स, १४ हजार २ सय ३१ रूपैयाँ, न्यु सृष्टि जनरल स्टोर्सबाट दुई हजार पाँच सय ६५ रूपैयाँ र पाल्पाली जनरल स्टोर्समा तीन हजार पाँच सय ५० रूपैयाँको सामान जफत गरी बरामद गरिएको छ भने सागर ट्रेडर्स र बुढा जनरल स्टोर्सलाई जनचेतना दिइएको अनुगमन टोलीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८० ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App