२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुगु आगलागीमा नष्ट हुने घरको सङ्ख्या ८ पुग्यो, एकजना घाइते (अपडेट)

तस्बिरसहित

मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भएको आगलागीमा ८ घर जलेर नष्ट भएका छन्। राति करिब १ः ४५ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  बताए। 

जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए। तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको उनले बताए। 

घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा,  उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानियले बिहान ५ बजे  नियन्त्रणमा लिएका थिए। क्षतिको विवरण अझै आउन सकेको छैन।  

आगलागी हुँदा पुतली  शाहीको घरमा भाडामा बस्ने सोरु गाउँपालिका बस्ने वर्ष २५ की स्वस्तिका शाही भने घाइते भएकी छिन्। माथिल्लो तल्लाबाट हाम फाल्दा नउी घाइते भएको र हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले बताएको छ।

यसअघि वि.सं. २०७८ कात्तिक २९ गते पनि गमगढी बजारको तल्लो बजारमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए।

मुगु गमगढी बजारमा आगलागी पछिको दृश्य :

प्रकाशित: ६ आश्विन २०८० ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App