आठ महिनामा एक हजार आठ सय ४७ मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।
कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।
सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।
मोरङको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाएर, टिकटक भिडियो बनाउँछु भन्दै मोटरसाइकल मागेर फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो।
मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
उनीहरुका साथमा चोरीको स्कुटर खरिद गर्ने दुईजना व्यक्तिहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।
'यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ', कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, 'प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ।' प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ।
मोटरसाइल चोर्ने दुईजनालाई भक्तपुर प्रहरीले दुई छुटाछुटै स्थानबाट बुधबार पक्राउ गरेको छ ।
उपत्यकामा लकडाउन अवधिभर अहिलेसम्म ८८ वटा मोटरसाइकल तथा स्कुटर हराएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। हराएका मध्ये अहिलेसम्म ३० वटा फेला परेको र बाँकीको खोजी भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विभिन्न समयमा हराएका मोटरसाएकल खोज तलासपछि असार ९ गते ३० थान र असार २१ गते २० थान गरी असारमा ५० वटा भेटिएका मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । काठमाडौं उपत्यकामा विभिन्न समयमा विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर हराइरहेका हुन्छन् ।