२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाएर, टिकटक भिडियो बनाउँछु भन्दै मोटरसाइकल मागेर फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० घर भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन्।

उनीहरूले चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App