९ मंसिर २०८१ आइतबार
image/svg+xml

इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ।

दुई एसपी मुख्यालय तानिए पनि घटेन मधेश प्रदेशमा तस्करी

मधेश प्रदेशका दुई जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी केन्द्रमा तानिए पनि तस्करी घटेको छैन।

लागूऔषधसहित पाँच जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

प्रहरीद्वारा ६० किलो गाँजा बरामद

सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन्। गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

प्रहरीले अवैध लागूऔषधसहित काठमाडौं,झापा,कञ्चनपुर,कैलाली र दाङ बाट सात जनालाई पक्राउ गरेको छ।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन्।

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

उपत्यकाको फोहोरमैला: अवैध कम्पनीको रजगज, वैधलाई निषेध

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा कानुनी प्रक्रिया पूरा गरेर आउन लागेको वैध निजी कम्पनीलाई निषेध गरेर अहिले फोहोरमैला व्यवस्थापनमा अवैध कम्पनी तथा गैरसरकारी संस्थाको रजगज चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्