२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ भृकुटीचोकबाट एक ग्राम ब्राउन सुगर सहित ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

टोखा नगरपालिका–३ बस्ने नवलपरासी घर भएका कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।  

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल छेउबाट ३० ग्राम ब्राउन सुगरसहित दमक नगरपालिका–१ बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।  

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलिग्राम खैरो हेरोईनसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका–५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन्। प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से ७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो।  

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटस्थित नेपाल–भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हिरोईनसहित जोशिपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।  

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मज्गैबाट करिब ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ८९ प २०२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: ४ आश्विन २०७९ १२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App