१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ

दाङ, मकवानपुर र बाराबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जना छन्। उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।  

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।  

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई ८ ग्राम २४० मिलिग्राम खैरो हेरोईनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो।  

बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ टेडा पुल नजिकै भित्री सडकबाट करिब ११ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने २७ वर्षीय फरीयाद अन्सारी लगायत छन्।  

जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना २ ह २६२८ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: २८ भाद्र २०७९ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App