२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

मकवानपुर, बाँके र कपिलवस्तुबाट प्रहरीले अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। 

मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा (गाँजा) सहित फेला पारी पक्राउ गरेको हो।  

बाँकेमा २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका–१२ बस्ने २० वर्षीय मनोज गिरी छन्।  

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगर बस्ने ३१ वर्षीय जमालदिन मियाँ र दाङ घोराही उपमहानगरपालिका–९ पर्सेनी घर भएकी १८ वर्षीया किशोरीलाई २ किलो ७ सय ग्राम चरेससहित शनिबार प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जमालदिनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाइ पक्राउ गरेको हो।

प्रकाशित: २ आश्विन २०७९ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App